पाकिस्तान विरुद्धको पहिलो खेलमा न्यूजिल्याण्ड विजयी, फिलिप्सको शतक

काठमाडौं । न्यूजिल्याण्डले पाकिस्तान विरुद्धको पहिलो एक दिवसिए खेलमा जित निकालेको छ । दक्षिण अफ्रिका समेत सहभागि रहेको सिरिजको पहिलो खेलमा न्यूजिल्याण्डले पाकिस्तालाई ७८ रनले पराजित गरेको हो ।

न्यूजिल्याण्डको जितमा ग्लेन फिलिप्सको शतक प्रहार गरे । न्युजिल्याण्डले दिएको ३ सय ३१ रनको लक्ष्य पछ्याएको पाकिस्तान ४७.५ ओभरमा २ सय ५२ रनमा समेटिएको थियो । पाकिस्तानका लागि फकर जमामले सार्वधिक ८४ रनको योगदान दिए । त्यस बाहेक अन्य खेलाडीले सम्झन लायक प्रदर्शन गर्न सकेनन् ।

त्यसअघि पाकिस्तानको लाहोरमा टस जितेर ब्याटिङ रोजेको न्युजिल्याण्डले फिलिप्सको शतक सहयोगमा निर्धारित ५० ओभरमा ६ विकेट गुमाएर ३ सय ३० रनको योगफल तयार गरेको थियो । जितसँगै न्युजिल्याण्ड सिरिजको शीर्ष स्थानमा उक्लिएको छ । सिरिजमा सहभागी तीनै टोली एक आपसमा खेले पछि शीर्ष स्थानमा रहने २ टोलीले फाइनल खेल्नेछन् ।

 

फेसबुक प्रतिक्रिया

ट्रेन्डिङ खबर

ताजा अपडेट

सम्बन्धित समाचार