काठमाडौं । चितवनमा आइतबार बिहान बस दुर्घटनामा परेको छ । नेपालगन्जबाट काठमाडौं आउँदै गरेको लु प्र०३–००१ख ००७७ नम्बरको बस बिहान ४ः३० बजे नारायणगढ–मुग्लिङ सडकखण्डको सेतीदोभान पुलबाट खसेर दुर्घटनामा परेको हो ।
बसमा सवार २८ जनामध्ये २३ जना घाइते भएको इलाका प्रहरी कार्यालय मुग्लिङका प्रहरी निरीक्षक निरला भण्डारीले जानकारी दिइन् । उनका अनुसार घाइतेको चितवन मेडिकल कलेजमा उपचार भइरहेको छ । ‘टायर पञ्चर’ हुँदा बस अनियन्त्रित भएर दुर्घटनामा परेको हुनसक्ने प्रहरी निरीक्षक भण्डारीले जानकारी दिइन् ।