‘बुढासुब्बा गोल्डकप’को उपाधि एनआरटीलाइ

काठमाडौं । चर्च ब्वाइज युनाइटेडलाई हराउँदै न्यूरोड टिम (एनआरटी) क्लबले बुढासुब्बा गोल्डकप फुटबलको उपाधि जितेको छ । धरान रङ्गशालामा आज भएको फाइनल खेलमा चर्च ब्वाइजलाई २–१ गोलले हराउँदै एनआरटीले उपाधि जितेको हो ।

एनआरटीका लागि दुवै गोल हर्ने अडुसेट पोकोले गरे । यस्तै चर्च ब्वाइजका अनन्त तामाङले एक गोल गरे । २५ औं संस्करणको बुढासुब्बा गोल्डकपको विजेता एनआरटीले १० लाख र उपविजेता चर्च ब्वाइजले ५ लाख रुपैयाँ पुरस्कार प्राप्त गरेका छन् ।

फेसबुक प्रतिक्रिया

ट्रेन्डिङ खबर

ताजा अपडेट

सम्बन्धित समाचार