सात सय २६ केजी गाँजा बरामद

सप्तरी । बोदे बरसाइन नगरपालिका–३ स्थित हुलाकी राजमार्गबाट ७२६ केजी गाँजा बरामद भएको छ । बिहुल पुलभन्दा एक सय मिटर पूर्वतर्फ प्र.१–०२–००२ च ५८३८ नम्बरको स्कारपियोबाट आज उक्त परिमाणको गाँजा बरामद भएको हो ।

मौवहा मल्हनिया प्रहरी चौकीका प्रमुख प्रहरी सहायक निरीक्षक हेमन्त तामाङका अनसार सवारीसाधनका चालक फरार छन् । निजको खोजी भइरहेको छ । गत पुस २७ गते पनि बलान बिहुल गाउँंपालिका–१ कमलदाहाबाट ६७० किला तथा मङ्सिर ४ गते जिल्लाको राजगढ गाउँपालिका–४ बेल्ही चपेनाबाट टिपर र चालकसहित एक हजार सात सय १७ किलो गाँजा बरामद भएको थियो ।

फेसबुक प्रतिक्रिया

ट्रेन्डिङ खबर

ताजा अपडेट

सम्बन्धित समाचार