काठमाडौं । हिमालयन लाइफ इन्स्योरेन्सको सेयर मूल्य नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा समायोजन भएको छ । साधारणसभा तथा लाभांश वितरण प्रयोजनार्थ इन्स्योरेन्सले बुकक्लोज गरेसँगै नेप्सेले सेयरमूल्य समायोजन गरी नयाँ मूल्य निर्धारण गरेको हो ।
नेप्सेले इन्स्योरेन्सको १४ प्रतिशत बोनस सेयर समायोजन गरेको हो । समायोजनपश्चात इन्स्योरेन्सको सेयरमूल्य ४२८ रुपैयाँ ७७ पैसा कायम भएको छ । नेप्सेले अघिल्लो कारोबार दिनको अन्तिम मूल्यका आधारमा इन्स्योरेन्सको सेयरमूल्य समायोजन गरेको हो । अघिल्लो कारोबार दिन अर्थात माघ २४ गते दोस्रो बजारमा इन्स्योरेन्सको सेयर प्रतिकित्ता ४८८ रुपैयाँ ८० पैसामा अन्तिम कारोबार भएको थियो । समायोजित मूल्यका आधारमा आगामी आइतबार दोस्रो बजारमा इन्स्योरेन्सको सेयर कारोबार खुल्नेछ ।
इन्स्योरेन्सले फागुन ११ गते, आइतबार, अनुपम फुडल्याण्ड एण्ड बैंक्वेट, बत्तिसपुतली, काठमाडौंमा १७ औँ वार्षिक साधारण सभा बोलाएको छ ।