सेयर बजारमा दाेहाेराे अंककाे गिरावट, कारोबार रकम ९ अर्ब माथि

काठमाडौं । साताको सेयर कारोबार हुने अन्तिम दिन नेप्से परिसूचक दोहोरो अंकले घटेको छ । आजको कारोबार बन्द हुँदा नेप्से परिसूचक ११ दशमलव ६४ अंकले घटेको हो ।

आजको कारोबार बन्द हुँदा नेप्से परिसूचक २६९९ दशमलव ८१ विन्दुमा पुगेको छ । अघिल्लो कारोबार दिन पनि सेयर बजार घटेर बन्द भएको छ । आजको कारोबार बन्द हुँदा सेयर बजारमा १६० कम्पनीको सेयर मूल्य घटेर कारोबार भएको छ भने ७४ कम्पनीको सेयर मूल्य मात्रै बढेको छ । त्यस्तै ९ कम्पनीको सेयर मूल्य भने स्थिर रहेको छ ।

आज ‘क’ वर्गका कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि १ दशमलव ५५ अंकले घटेर ४५४ दशमलव ४९ विन्दुमा पुगेको छ । आज सेयर बजारमा १३ उपसूचकमध्ये १२ उपसूचकको सेयर मूल्य घटेको छ भने एउटाको मात्रै बढेको छ ।

परिसूचक घटेको दिन कारोबार रकममा भने केही सुधार भएको छ । अघिलो दिन ८ अर्ब ९५ करोड माथिको कारोबार भएको थियो । आज सेयर बजारमा ९ अर्ब २४ करोड ७३ लाख ७५ हजार २८७ रुपैयाँको कारोबार भएको छ ।

आज सेयर बजारमा ३१५ कम्पनीका १ करोड ८६ लाख ८० हजार ३९२ कित्ता सेयर ९२ हजार ३२६ पटक खरिद बिक्री हुँदा उक्त रकमको कारोबार भएको छ । आज सेयर बजारमा कारोबार भएका कम्पनीमध्ये एउटा कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ भने दुई कम्पनीको सेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ ।

फेसबुक प्रतिक्रिया

ट्रेन्डिङ खबर

ताजा अपडेट

सम्बन्धित समाचार