काठमाडौं । सिद्धार्थ प्रिमियर इन्स्योरेन्स लिमिटेडले साधारणसभाको मिति घोषणा गरेको छ । कम्पनीले ३१ औँ वार्षिक साधारणसभा फागुन १५ गतेका लागि बोलाएको हो ।
उक्त साधारणसभामा गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना सेयरधनीहरुलाई वितरण गर्ने घोषणा गरेको लाभांश पारित गर्ने लगायतका एजेण्डाहरु पारित गर्ने कम्पनीले जनाएको छ । उक्त सभा लिसारा रिसेप्सन, भगवती बहाल, नक्साल, काठमाडौँमा बिहान साढे १० बजे शुरु हुनेछ ।
सभाले हाल कायम चुक्ता पुँजीको ३० प्रतिशतका दरले नगद लाभांश (कर प्रयोजनार्थ सहित) वितरण गर्ने प्रस्ताव पारित गर्नेछ । यसका साथै स्वतन्त्र सञ्चालकको नियुक्ति अनुमोदन गर्ने, लेखापरीक्षक नियुक्त गर्ने, नियमावली संशोधन सम्बन्धि आवश्यक कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी दिने लगायतका प्रस्ताव पनि पारित गर्नेछ ।
साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ इन्स्योरेन्सले फागुन २ गते एक दिनका लागि बकुक्लोज गर्ने भएको छ । यस अनुसार फागुन १ गतेसम्म नेप्सेमा कारोबार भइ कायम सेयरधनीहरुले इन्स्योरेन्सको साधारण सभामा सहभागिता जनाउन तथा इन्स्योरेन्सले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन् ।