काठमाडौं । बुधबार सेयर बजार परिसूचक सामान्य अंकले घटेर बन्द भएको छ । साताको सेयर कारोबार हुने चौथो दिन नेप्से परिसूचक ४ दशमलव ४५ अंकले घटेको हो ।
आजको कारोबार बन्द हुँदा सेयर बजार परिसूचक २७११ दशमलव ४५ विन्दुमा पुगेको छ । आज सेयर बजारमा करोबार भएका कम्पनीमध्ये ११३ कम्पनीको सेयर मूल्य बढेको छ भने १२२ कम्पनीको सेयर मूल्य घटेको छ । त्यस्तै ७ कम्पनीको सेयर मूल्य भने स्थिर रहेको छ । त्यस्तै आज ‘क’ वर्गका कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि १ दशमलव ०७ अंकले घटेर ४५६ दशमलव ०४ विन्दुमा पुगेको छ । आज सेयर बजारमा १३ उपसूचकमध्ये ८ वटाको सेयर मूल्य घटेको छ भने ५ वटको बढेको छ ।
परिसूचक सामान्य घटेको दिन आज कारोबार रकम भने सामान्य वृद्धि भएको छ । अघिल्लो दिन ८ अर्ब ९१ करोड माथिको कारोबार भएको बजारमा आज ८ अर्ब ९५ करोड भन्दा माथिको कारोबार भएको छ ।
आज सेयर बजारमा ३०९ कम्पनीका १ करोड ९१ लाख ८१ हजार ४१४ कित्ता सेयर ९० हजार ७५२ पटक खरिद बिक्री हुँदा ८ अर्ब ९५ करोड ८० लाख ७ हजार ३०५ रुपैयाँको कारोबार भएको छ । आज सेयर बजारमा ३ कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ भने दुई कम्पनीको सेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ ।
तीन कम्पनीमा सकारात्मक सर्किट
काठमाडौं । बुधबारको सेयर कारोबार बन्द हुँदा परिसूचक सामान्य अंकले घटेर बन्द भएको छ । सेयर बजार घट्दा पनि तीन कम्पनीको सेयर मूल्यमा भने सकारात्मक सर्किट लागेको छ ।
आज उपकार लघुवित्त, छ्याङ्दी हाइड्रोपावर र सेन्ट्रल फाइनान्सको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको हो । आज उपकार लघुवित्तको सेयर मूल्य ६०० रुपैयाँले बढेर ६ हजार ६०० रुपैयाँ पुगेको छ । यो अघिल्लो कारोबार भन्दा १० प्रतिशतले धेरै हो । त्यस्तै आज छ्याङ्दी हाइड्रोपावरको सेयर मूल्य पनि १० प्रतिशत अर्थात् ४८ रुपैयाँ १० पैसाले बढेर ५२९ रुपैयाँ १० पैसा पुगेको छ ।
आज सेन्ट्रल फाइनान्सको सेयर मूल्य पनि ५२ रुपैयाँ २० पैसाले बढेर ५७४ रुपैयाँ ६० पैसा पुगेको छ । यो अघिल्लो दिनको भन्दा ९.९९ प्रतिशतले बढी हो । आज धेरै मूल्य बढ्ने शीर्ष पाँच कम्पनीमा पोखरा फाइनान्स र समृद्धि फाइनान्स रहेका छन् । आजको कारोबार बन्द हुँदा पोखरा फाइनान्सको सेयर मूल्य ३६ रुपैयाँले बढेर ४०३ रुपैयाँ पुगेको छ । यो अघिल्लो कारोबार भन्दा ९.८१ प्रतिशतले धेरै हो । त्यस्तै समृद्धि फाइनान्सको सेयर मूल्य पनि आज ९.४६ प्रतिशत अर्थात् ५१ रुपैयाँले बढेर ५९० रुपैयाँ पुगेको छ ।
दुई कम्पनीमा नकारात्मक सर्किट
काठमाडौं । बुधबार सेयर बजारमा १२२ कम्पनीको सेयर मूल्य घटेर कारोबार बन्द भयो । सेयर बजार परिसूचक पनि घटेको दिन दुई कम्पनीको सेयर मूल्यमा भने नकारात्मक सर्किट नै लागेर कारोबार बन्द भएको छ ।
आज सेयर बजारमा सामुदायिक लघुवित्त र कर्पोरेट डेभलपमेन्ट बैकको सेयर मूल्यमा नकारात्मक सर्किट लागेको हो । यी दुई कम्पनीको सेयर मूल्य १० प्रतिशतले घटेको हो । आजको कारोबार बन्द हुँदा सामुदायिक लघुवित्तको सेयर मूल्य २९६ रुपैयाँले घटेर २ हजार ६६४ रुपैयाँ पुगेको छ । त्यस्तै आज कर्पोरेट डेभलपमेन्ट बैंकको सेयर मूल्य २४७ रुपैयाँ ४० पैसोले घटेर २ हजार २२६ रुपैयाँ ७० पैसा पुगेको छ ।
त्यस्तै आज धेरै घट्न पाँच कम्पनीमा मध्यभोटेकोशी जलविद्युत कम्पनी, न्यादि हाइड्रोपावर र ग्रिन डेभलपमेन्ट बैंक रहेका छन् । आज मध्यभोटेकोशीको सेयर मूल्य २२ रुपैयाँ ४० पैसाले घटेर ३७७ रुपैयाँ ६० पैसा पुगेको छ । यो अघिल्लो दिनको भन्दा ५.६० प्रतिशतले कम हो ।
त्यस्तै न्यादी हाइड्रोपावरको सेयर मूल्य पनि आज ४६ रुपैयाँले घटेर ७८१ रुपैयाँ पुगेको छ । यो अघिल्लो दिनको भन्दा ५.५६ प्रतिशतले कम हो । आजको कारोबार बन्द हुँदा ग्रिन डेभलपमेन्ट बैंकको सेयर मूल्य ७८ रुपैयाँ २० पैसाले घटेर १ हजार ५४३ रुपैयाँ पुगेको छ । यो अघिल्लो दिनको भन्दा ४.८२ प्रतिशतले कम हो ।