काठमाडौं । समता घरेलु लघुवित्त वित्तीय संस्था लिमिटेडको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । लघुवित्तले साधारणसभा तथा लाभांश वितरण प्रयोजनार्थ भोली अर्थात माघ २४ गते बुकक्लोज गर्दैछ ।
यस अनुसार आजसम्म नेप्सेमा कारोबार भइ कायम सेयरधनीहरुले लघुवित्तको साधारण सभामा सहभागिता जनाउन तथा लघुवित्तले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन् । लघुवित्तले फागुन ११ गते, मिराबेल रिसोर्ट एण्ड होटल, धुलिखेल, काभ्रेपलाञ्चोकमा ११ औँ वार्षिक साधारण सभा बोलाएको छ। सो सभा बिहान साढे ११ बजे शुरु हुनेछ ।
सभाले हाल कायम चुक्ता पुँजीको ५ प्रतिशतका दरले बोनस सेयर र सोको कर प्रयोजनार्थ ०.२६३१५७९० प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित पारित गर्नेछ । त्यस्तै, सभाले सेयर पूँजी संरचना अनुपात संशोधन गर्ने, मर्ज तथा एक्विजिशनसम्बन्धि कार्य गर्न र प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, संस्थापक समूहबाट ४ जना र सर्वसाधारण समूहबाट २ जना सञ्चालकहरुको निर्वाचन गर्ने, लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्तावहरु पनि पारित गर्नेछ ।