विद्युत बिक्री आम्दानीसँगै घट्यो कुथेली बुखरीको खुद नाफा

काठमाडौं । कुथेली बुखरी स्मल हाइड्रोपावरको नाफामा गिरावट आएको छ । कम्पनीले सार्वजनिक गरेको चालु आर्थिक वर्षको दोस्रो त्रैमासिकको अपरिष्कृत वित्तीय विवरण अनुसार नाफा १४.२७ प्रतिशतल घटेको हो ।

चालु आर्थिक वर्षको ६ महिनासम्ममा कम्पनीले विद्युत बिक्रीमार्फत १ करोड ९९ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । गत आर्थिक वर्षको सोही अवधिसम्ममा कम्पनीले २ करोड १६ लाख रुपैयाँ यस्तो आम्दानी गरेको थियो । चालु आर्थिक वर्षमा गत आवको सोही अवधिको तुलनामा ७.८४ प्रतिशतले यस्तो नाफा घटेको छ ।

विद्युत बिक्री आम्दानीसँगै कम्पनीको खुद नाफा पनि घटेको छ । समीक्षा अवधिमा कम्पनीको खुद नाफा १४.२७ प्रतिशत घटेर ८८ लाख ४६ हजार रुपैयाँमा सीमित भएको छ । गत आर्थिक वर्षको पुस मसान्तसम्ममा कम्पनीले १ करोड ३ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।

कम्पनीको कुल नाफा समीक्षा अवधिमा ३.४९ प्रतिशत घटेको छ भने सञ्चालन मुनाफा १३.२० प्रतिशत बढेको छ । समीक्षा अवधिमा कम्पनीको वित्तीय खर्च ४६.१७ प्रतिशत घटेको छ । नाफासँगै कम्पनीको प्रतिसेयर आम्दानी पनि घटेको छ । समीक्षा अवधिमा कम्पनीको यस्तो आम्दानी २ रुपैयाँ ४२ पैसा घटेर १४ रुपैयाँ ५२ पैसामा सीमित भएको छ । पुस मसान्तसम्ममा कम्पनीको प्रतिसेयर नेटवर्थ १५० रुपैयाँ ७३ पैसा रहेको छ भने मूल्य आम्दानी अनुपात १७१.५१ गुणा रहेको छ ।

फेसबुक प्रतिक्रिया

ट्रेन्डिङ खबर

ताजा अपडेट

सम्बन्धित समाचार