हिमालयन लाइफको व्यतित बीमालेख नविकरणमा ७५ प्रतिशतसम्म छुट

काठमाडौं । हिमालयन लाइफ इन्स्योरेन्सले व्यतित बीमालेखमा लाग्ने विलम्ब शुल्कमा विशेष छुट दिने भएको छ । कम्पनीले ७५ प्रतिशतसम्म छुट दिने निर्णय गरेको हो ।

साविकका प्राइम लाइफ इन्स्योरेन्स, यूनियन लाइफ इन्स्योरेन्स र गुराँस लाइफ इन्स्योरेन्सबाट विभिन्न समयमा बीमा गराई व्यतित भएका बीमालेखहरुमा ब्याज जरिवानामा छुटको व्यवस्था गरिएको छ ।

कम्पनीले व्यतित बीमालेखहरु माघ २० गतेदेखि माघ ३० गतेसम्म नवीकरण तथा पुनर्जागरण गर्दा लाग्ने ब्याज तथा जरिवानामा छुट हुने कम्पनीले जनाएको छ । ७ वर्षसम्म व्यतित भएका बीमालेखमा ब्याज जरिवानमा ७५ प्रतिशत र ७ वर्षदेखि माथि व्यतित बीमालेख ५० प्रतिशतसम्ममा ब्याज जरिवानामा छुट दिने कम्पनीले जनाएको छ ।

फेसबुक प्रतिक्रिया

ट्रेन्डिङ खबर

ताजा अपडेट

सम्बन्धित समाचार