सूर्यज्योति लाइफको नाफा साढे १९ करोड

काठमाडौं । सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनीले चालु आर्थिक वर्षको दोस्रो त्रैमासिकसम्मा साढे १९ करोड बढी नाफा कमाएको छ । कम्पनीले आज सार्वजनिक गरेको चालु आर्थिक वर्षको दोस्रो त्रैमासिकको अपरिष्कृत वित्तीय विवरण अनुसार १९ करोड ६१ लाख रुपैयाँ खुद नाफा गरेको हो ।

चालु आर्थिक वर्षको पुस मसान्तसम्मा कम्पनीले गत आवको सोही अवधिको भन्दा ३.३७ प्रतिशतले नाफा बढाएको हो । कम्पनीले गत आवको सोही अवधिमा १८ करोड ९७ लाख रुपैयाँ खुद नाफा गरेको थियो । समीक्षा अवधिमा इन्स्योरेन्सको खुद आर्जित बीमाशुल्क १९.८३ प्रतिशत बढेको छ भने कुल आम्दानी १९.३५ प्रतिशत बढेको छ । त्यस्तै, इन्स्योरेन्सको खुद दाबी भुक्तानी २२.२६ प्रतिशत र कुल खर्च १९.७८ प्रतिशत बढेको छ ।

नाफा बढेपनि इन्स्योरेन्सको प्रतिसेयर आम्दानी भने सामान्य घटेको छ । समीक्षा अवधिमा इन्स्योरेन्सको यस्तो आम्दानी ७० पैसा घटेर ७ रुपैयाँ ८३ पैसामा झरेको छ । पुस मसान्तसम्ममा इन्स्योरेन्सको मूल्य आम्दानी अनुपात ५६.७३ गुणा रहेको छ भने प्रतिसेयर नेटवर्थ १२३ रुपैयाँ ४४ पैसा रहेको छ ।

५ अर्ब १ करोड १९ लाख रुपैयाँ चुक्ता पुँजी रहेको यस इन्स्योरेन्सको महाविपत्ती कोषमा ३८ करोड ६९ लाख रुपैयाँ, रिटेन्ड अर्निङ्गमा ३२ करोड ८२ लाख रुपैयाँ र अन्य इक्विटीमा ४छ करोड ९८ लाख रुपैयाँ सञ्चित छ ।

फेसबुक प्रतिक्रिया

ट्रेन्डिङ खबर

ताजा अपडेट

सम्बन्धित समाचार