काठमाडौं । सोमबार सेयर बजार परिसूचक सामान्य अंकले बढेको छ । आजको कारोबार बन्द हुँदा नेप्से परिसूचक २ दशमलव ४१ अंकले बढेको हो ।
आजको कारोबार बन्द हुँदा परिसूचक २७३० विन्दुमा पुगेको छ । आज सेयर बजारमा कारोबार भएका कम्पनीमध्ये १३७ वटाको सेयर मूल्य घटेको छ भने ९७ कम्पनीको मात्रै बढेको छ । त्यस्तै ८ कम्पनीको सेयर मूल्य स्थिर रहेको छ । त्यस्तै आज ‘क’ वर्गका कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि १ दशमलव २३ अंकले बढेर ४५९ दशमलव ६१ विन्दुमा पुगेको छ । आज १३ उपसूचकमध्ये ६ वटाको सेयर मूल्य घटेको छ भने ७ वटाको सेयर मूल्य बढेको छ ।
परिसूचक सामान्य बढेको दिन कारोबार रकममा भने अघिल्लो दिनको भन्दा कमी आएको छ । अघिल्लो दिन १२ अर्ब ९५ करोड माथिको कारोबार भएको बजारमा आज भने ११ अर्ब ८७ करोड ५९ लाख ६७ हजार ५३८ रुपैयाँ बराबरको कारोबार भएको छ । आज सेयर बजारमा ३१९ कम्पनीका २ करोड ३७ लाख ७० हजार ३४८ कित्ता सेयर १ लाख ११ हजार ९१८ पटक खरिद बिक्री हुँदा उक्त रकम बराबरको कारोबार भएको छ ।
आज सेयर बजारमा २ कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । दुई कम्पनीको सेयर मूल्यमा नकारात्मक सर्किट लागेर कारोबार भएको छ ।