सुनको मूल्य आज पनि स्थिर, चाँदीको घट्यो

काठमाडौं । सोमबार पनि सुनको मूल्य स्थिर रहेको छ । आज पनि सुनको मूल्य अघिल्लो दिनकै मूल्यमा कारोबार भइरहेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलामा १ लाख ६२ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिन पनि सोही मूल्यमा सुनको किनबेच भएको थियो ।

महासंघका अनुसार आज चाँदीको मूल्य तोलामा १५ रुपैयाँले घटेको छ । आज चाँदी तोलाको १ हजार ८९५ रुपैयाँमा कारोबार भएको छ । अघिल्लो दिन चाँदीको मूल्य १ हजार ९१० रुपैयाँमा कारोबार भएको थियो ।

फेसबुक प्रतिक्रिया

ट्रेन्डिङ खबर

ताजा अपडेट

सम्बन्धित समाचार