युनाइटेडको अर्को हार

काठमाडौं । म्यानचेस्टर युनाइटेडले लिगमा अर्को हार बेहोरेको छ । युनाइटेड आइतवार घरेलु मैदान ओल्ड ट्राफोर्डमा क्रिस्टल प्यालेससँग २–० ले पराजित भएको हो ।

प्यालेसलाई जित दिलाउन दुवै गोल जिन फिलिप माटेटाले गरे। माटेटाले पहिलो गोल ६४ औं मिनेट र दोस्रो गोल खेल सकिन १ मिनेट बाँकी रहँदा गरे । त्यस्तै अर्को खेलमा टोटेनहमले बेन्टफोर्डलाई २–० ले हराएको छ । जारी लिगमा आठौं खेलमा टोटेनहमको यो पहिलो जित हो। ३० अंकसहित प्यालेस १२ औं स्थानमा छ। युनाइटेड पुनः १३औं स्थानमा झरेको छ । २४ खेलमा टोलीको २९ अंक छ। टोटेनहम २७ अंकसहित १४ औं स्थानमा छ। ३१ अंकसहित बेन्टफोर्ड ११ औं स्थानमा छ ।

फेसबुक प्रतिक्रिया

ट्रेन्डिङ खबर

ताजा अपडेट

सम्बन्धित समाचार