



काठमाडौं । नेपाल निर्माण व्यवसायी महासंघले आन्दोलनका पूर्व घोषित सबै कार्यक्रम स्थगित गरेको छ । महासंघ र प्रधानमन्त्री केपी शर्मा ओलीबीचको वार्ता सकारात्मक भएको भन्दै महासंघबाट घोषित आन्दोलनका पूर्व घोषित सबै कार्यक्रमहरू तत्कालका लागि स्थगित गरिएको हो ।
निर्माण उद्योगमा देखिएका विद्यमान समस्याहरूका विषयमा छलफल गरी भावी रणनीति तय गर्न महासंघले पुष २७ गते राष्ट्रिय भेला आयोजना गरी १४ बुँदे मागसहित महासंघ आन्दोलित भएको थियो । आन्दोलनको पूर्व निर्धारित कार्यक्रम अनुसार माघ १५ को अल्टिमेटम सहित प्रदेश निर्माण व्यवसायी महासंघहरूले सम्बन्धित् प्रदेशका मुख्यमन्त्रीहरू तथा जिल्ला निर्माण व्यवसायी संघहरूले सम्बन्धित् जिल्लाका प्रमुख जिल्ला अधिकारीहरू समक्ष ज्ञापन पत्र पेश गर्ने तथा केन्द्रमा महासंघले प्रधानमन्त्री, उपप्रधानमन्त्रीहरू, मन्त्रीहरू, प्रमुख राजनीतिक दलका नेताहरू, विभिन्न समितिका सभापतिहरू लगायतलाई ज्ञापन पत्र बुझाएको थियो ।
सोही क्रममा बुधबार प्रधानमन्त्री केपी शर्मा ओली र महासंघ प्रतिनिधिमण्डलबीच भएको छलफलका क्रममा महासंघका मागहरू सम्बोधन गर्नका लागि प्रधानमन्त्रीबाट एक कार्यदल गठन गर्न निर्देशन भई सकारात्मक रुपमा उक्त छलफल टुङ्गिएकाले तत्कालका लागि महासंघबाट घोषित आन्दोलनका पूर्व घोषित सबै कार्यक्रमहरू स्थगित गरिएको महासंघका महासचिव रोशन दाहालले जानकारी दिए ।
समाचार
संखुवासभा कारागारका कैदीबन्दीको स्वास्थ्य परीक्षण
नेपाल एक खेलअगावै फाइनलमा, लेबनान १–० ले पराजित
दशौँ नेपाल बिल्डकन अन्तरराष्ट्रिय प्रदर्शनी सुरु
पृथ्वी राजमार्गको पूर्वी खण्डमा ७७.७ प्रतिशत प्रगति
४०० केभी लप्सीफेदी सबस्टेसन निर्माण धमाधम, आगामी पुसभित्र सम्पन्न गर्ने लक्ष्य
८ महिनामा ७५ हजारले गरे गोरखा दरबार संग्रहालयको भ्रमण
जाजरकोट भूकम्पः रुकुम पश्चिममा दुई हजारले अझै पाएनन् पहिलो किस्ता
ऊर्जामन्त्री खड्कासँग नेपालका लागि बेलायती राजदूतको शिष्टाचार भेट
ऐतिहासिक स्थल अजयमेरुकोटको उत्खनन गरिँदै
ईशानेश्वर महादेव मन्दिर परिसरस्थित गौरीकुण्ड ओझेलमा