काठमाडौं । हिमालयन लाइफ इन्स्योरेन्सले सेयरधनीलाई १४ प्रतिशत लाभांश दिने भएको छ । कम्पनीले आर्थिक वर्ष २०७९÷८० को नाफाबाट सेयरधनीलाई १४ प्रतिशत बोनस सेयर दिने प्रस्ताव गरेको हो ।
कम्पनीले १४ प्रतिशत बोनस सेयर दिने भनेपनि त्यसमा लाग्ने कर सेयरधनीले नै तिर्नुपर्ने छ । कम्पनीले फागुन ११ गतेका लागि बार्षिक साधारणसभा बोलाएको छ । सभा प्रयोजनका लागि माघ २५ गते एक दिन बुक क्लोज गर्ने भएको छ । माघ २४ गतेसम्म कायम रहेका सेयरधनीले कम्पनीले तोकेको लाभांश पाउने छन् भने सभामा भाग लिन पाउनेछन् ।