लगातार दोस्रो दिन पनि सेयर बजारमा गिरावट, कारोबार रकममा पनि कमी

काठमाडौं । सोमबार पनि सेयर बजार राताम्य भएर बन्द भएको छ । अघिल्लो दिन पनि दोहोरो अंकले घटेको सेयर बजार परिसूचक आज पनि घटेर बन्द भएको हो ।

साताको कारोबार हुने दोस्रो दिन नेप्से परिसूचक १० दशमलव ६१ अंकले घटेर बन्द भएको छ । आजको कारोबार बन्द हुँदा परिसूचक २६३३ दशमलव ३२ विन्दुमा पुगेको छ । त्यस्तै आज ‘क’ वर्गका कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि २ दशमलव ०७ अंकले घटेर ४४१ दशमलव ५२ विन्दुमा पुगेको छ । आज सेयर बजारमा १३ उपसूचकमध्ये ८ उपसमूहको सेयर मूल्य घटेको छ भने ५ उपसूचकको सेयर मूल्य बढेको छ ।
आज सेयर बजारमा कारोबार भएका कम्पनीमध्ये १२९ कम्पनीको सेयर मूल्य घटेको छ भने १०५ कम्पनीको सेयर मूल्य भने घटेको छ । त्यस्तै ९ कम्पनीको सेयर मूल्य भने स्थिर रहेको छ ।

परिसूचकसँग कारोबार रकममा पनि गिरावट आएको छ । अघिल्लो दिन ९ अर्ब १२ करोड माथिको कारोबार भएको सेयर बजारमा आज ८ अर्ब ९२ करोड ४० लाख ६५ हजार ८८८ रुपैयाँ बराबरको कारोबार भएको छ । सोमबार सेयर बजारमा ३१२ कम्पनीका १ करोड ७२ लाख ५३ हजार ५७६ कित्ता सेयर ८७ हजार ५६४ पटक  खरिद बिक्री हुँदा उक्त रकम बराबरको कारोबार भएको हो । आज सेयर बजारमा ४ कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ ।

फेसबुक प्रतिक्रिया

ट्रेन्डिङ खबर

ताजा अपडेट

सम्बन्धित समाचार