युनाइटेडको कठिन जित

काठमाडौं । म्यानचेस्टर युनाइटेडले इङ्ग्लिस प्रिमियर लिग(इपिएल) मा फुलहमविरुद्ध कठिन जित दर्ता गरेको छ । आइतवार राती भएको खेलमा युनाइटेडले फुलहममाथि १–० को कठिन जित दर्ता गरेको हो ।

फुलहमको घरेलु मैदान कार्भेन कटेजमा पाहुना टोलीका लागि लिस्यान्द्रो मार्टिनेजले गोल गरे । खेलको ७८औं मिनेटमा मार्टिनेजले गरेको गोल युनाइटेडलाई जित दिलाउन पर्याप्त बन्यो ।

जितसँगै युनाइटेड २३ खेलमा २९ अंक जोडेको लिगको १२औं स्थानमा छ । पराजित फुलहम समान खेलबाट ३३ अंकका साथ १०औं स्थानमा छ । लिगमा १ खेल खेल कम खेलेको लिभरपुल ५३ अंकका साथ शीर्ष स्थानमा छ । लिगअन्तर्गत आइतवार राती नै भएका अन्य खेलमा ब्रेन्टफोर्डले क्रिस्टल प्यालेसलाई २–१ ले पराजित गर्दा एस्टन भिल्ला र वेस्टह्याम युनाइटेड १–१ को बराबरीमा रोकिए ।

फेसबुक प्रतिक्रिया

ट्रेन्डिङ खबर

ताजा अपडेट

सम्बन्धित समाचार