भक्तपुर । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले अहिले रहेको १ लाखको स्वास्थ्य बीमा रकम वृद्धि गरी ५ लाख पुर्याइने बताएका छन् । भक्तपुरमा आयोजित कार्यक्रममा मन्त्री पौडेलले यस्तो बताएका हुन् ।
‘स्वास्थ्य बीमामा रु पाँच लाखको व्यवस्था गर्नेछु, त्यसले बिरामीलाई सहयोग हुनेछ,’ उनले भने । उनले एकीकृत र एकद्धार प्रणालीबाट मात्रै बीमा सेवा सञ्चालन गर्नुपर्नेमा जोड दिए । बीमा रकम रु पाँच लाख पुर्याउने र यसलाई व्यवस्थित गर्ने लक्ष्य लिएर आफू अगाडि बढिरहेको उनको भनाइ थियो ।