काठमाडौं । नेपाल वायुसेवा निगम (एनएसी)ले ९ एन-एकेडब्लु कलसाइनको न्यारोबडी जहाज सि-चेकका लागि माघ १३ गते आइतबार चीन लगिने भएको छ।
सि-चेकका लागि निगमले छनोट गरेको कम्पनी ‘चाइना साउदर्नुलाई नागरिक उड्डयन प्राधिकरणले स्वीकृति दिएसँगै न्यारोबडीलाई चीन लैजान लागेको निगमले जनाएको छ। विगतमा निगमले प्राधिकरणको अनुमति बिना नै कम्पनी छनोट गरी सि-चेकका लागि लैजाँदा प्राधिकरणले निगमलाई स्पष्टीकरण सोधेको थियो।
‘यसपटक न्यारोबडी जहाज सि-चेकका लागि चाइना साउर्थन कम्पनीमा लगिँदै छ। यसका लागि निगमले अनुमति मागेको थियो,’ प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलले भने, ‘प्राधिकरणले जहाज चीन लैजान अनुमति दिइसकेको छ।’