नबिल बैंकको खुद नाफा ३ अर्ब २४ करोड, यस्तो छ समग्र वित्तीय अवस्था

काठमाडौं । नबिल बैंक लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमासिकसम्मको अवधिमा ३ अर्ब २४ करोड भन्दा बढी नाफा कमाएको छ । बैंकले आज सार्र्वजनिक गरेको चालु आवको पुस मसान्तसम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार नाफा ३ अर्ब २४ करोड २४ लाख पुगेको हो ।

वित्तीय विवरण अनुसार बैंकको मुनााफा, सञ्चालन मुनाफा तथा प्रतिसेयर आम्दानी लगायतका सूचकमा सामान्य बृद्धि देखिएको छ । समीक्षा अवधिमा बैंकको मुनाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १.२८ प्रतिशतले बृद्धि भएको छ । गत आवको सोही अवधिमा बैंकले ३ अर्ब २० करोड ३० लाख रुपैयाँ बराबर मुनाफा आर्जन गरेको थियो ।

यस अवधिमा बैंकको खुद ब्याज आम्दानीमा सामान्य गिरावट आएको छ । गत आर्थिक वर्षको तुलनामा बैंकको ब्याज आम्दानी ४.२१ प्रतिशतले घटेर ८ अर्ब २४ करोड रुपैयाँबाट सात अर्ब ८९ करोड ५९ लाख रुपैयाँ पुगेको छ । साथै, बैंकको खुद फि तथा कमिशन आम्दानी १.८२ प्रतिशत बढेर एक अर्ब ४८ करोड ४३ लाख रुपैयाँबाट १ अर्ब ५१ करोड १४ लाख रुपैयाँ रहेको छ । नाफासँगै बैंकको प्रतिशेयर आम्दानी पनि बढेको छ । समीक्षा अवधिमा बैंकको यस्तो आम्दानी २३ रुपैयाँ ७४ पैसा बढेर २४ रुपैयाँ ०५ पैसा पुगेको छ ।

२७ अर्ब ०५ करोड ६९ लाख रुपैयाँ चुक्ता पुँजी रहेको यस बैंकको जगेडा कोषमा १ अर्ब ८९ करोड १७ लाख रुपैयाँ सञ्चित छ ।

फेसबुक प्रतिक्रिया

ट्रेन्डिङ खबर

ताजा अपडेट

सम्बन्धित समाचार