छ महिनामा एक लाख बढीले घुमे चितवन राष्ट्रिय निकुञ्ज, १३ करोड बढी राजस्व संकलन   

चितवन । चालु आर्थिक वर्षको ६ महिनामा चितवन राष्ट्रिय निकुञ्जमा १ लाख बढी व्यक्तिले भ्रमण गरेका छन् । निकुञ्जमा यो अवधिमा १ लाख १० हजार ३४५ जना पर्यटकले अवलोकन भ्रमण गरेका हुन् ।

भ्रमण गर्नेमा सबैभन्दा धेरै आन्तरिक पर्यटक हुन् । निकुञ्जका सूचना अधिकारी अविनाश थापामगरका अनुसार साउन यता निकुञ्जमा ५३ हजार एक सय तीन जना नेपालीले भ्रमण गरेका छन् । सार्क मुलुकका १० हजार आठ सय ५० र तेस्रो मुलुकका ४६ हजार तीन सय ९२ जनाले निकुञ्जको भ्रमण गरेका छन् । आन्तरिक पर्यटक बढी रहेको थापाले बताए । पर्यटकबाट रु १३ करोड एक लाख ४६ हजार चार सय ५० राजस्व संकलन भएको छ ।

निकुञ्जमा दुर्लभ एकसिङ्गे गैँडा, पाटेबाघ, गोहीलगायत वन्यजन्तु, जलचर र चराचुरुङ्गी हेर्न पर्यटकहरु आउने गर्दछन् । निकुञ्ज र मध्यवर्ती क्षेत्रमा हात्ती, डुङ्गा, जिप र पैदल यात्रा गरेर पर्यटक रमाउने गर्दछन् । चितवनको मुख्य आकर्षण नै चितवन राष्ट्रिय निकुञ्ज हो ।

 

फेसबुक प्रतिक्रिया

ट्रेन्डिङ खबर

ताजा अपडेट

सम्बन्धित समाचार