नेपाल एसबिआई बैंकको सीईओमा राम कुमार तिवारी

काठमाडौं । नेपाल एसबिआई बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा राम कुमार तिवारी नियुक्त भएका छन् । बैंक संचालक समितिको माघ ३ गते बसेको बैठकको निर्णय अनुसार तिवारीलाई सीईओमा नियुक्त गर्ने निर्णय गरेको हो ।

उनले माघ ३ अर्थात आजदेखि पदभार ग्रहण गरेका छन् । तिवारी यसअघि भारतीय स्टेट बैंक (एसबीआई) अन्तर्गत उच्च पदमा कार्यरत थिए । नेपाल एसबिआई बैंक र एसबीआई भारतबीचको प्राविधिक सेवा सम्झौता बमोजिम उनलाई नेपालमा खटाइएको हो ।

फेसबुक प्रतिक्रिया

ट्रेन्डिङ खबर

ताजा अपडेट

सम्बन्धित समाचार