रियलको पोष्टमा ५ गोल गर्दै बार्सिलोनाले जित्यो सुपर कपको उपाधि

काठमाडौं । स्पेनिस सुपर कपको उपाधि बार्सिलोनाले जितेको छ । गए राति साउदी अरबको जेद्दाहमा सम्पन्न फाइनामा रियल मड्रिडलाई फराकिलो अन्तरले पराजित गर्दै बार्साले उपाधि जितेको हो ।

फाइनलमा बार्सिलोनाले रियलमाथि ५–२ गोलको प्रभावशाली जित निकालेको छ । बार्साको जितमा राफिन्हाको दुई तथा लामिन यमल, रोबर्ट लेवान्डोव्स्की र एलेजान्ड्रो बाल्डेको एक/एक गोल गरे । खेलमा अग्रता भने रियलले लिएको थियो । किलियन एमबाप्पेले आफ्नो दोस्रो क्लासिकोमा रियललाई सुरुआतमै अग्रता दिलाएका थिए । उनले किङ्स अब्दुल्लाह स्पोट्र्स सिटी स्टेडियममा खेलको पाँचौं मिनेटमै उत्कृष्ट गोल गर्दै टोलिलाई अग्रता दिलाएका थिए । तर यमलले २२औं मिनेटमा बार्सिलोनालाई खेलमा फर्काए । ३६औं मिनेटमा लेवान्डोव्स्की आफैंले गोल गर्दै टोलीलाई २–१ को अग्रता दिलाए ।

राफिन्हाले ३९औं र ४८औं मिनेटमा दुई गोल थप्दा बार्सिलोनाले अग्रता ४–१ मा पु¥याइसकेको थियो । त्यसमा बाल्डेले पहिलो हाफको इन्जुरी समयमा गोल गर्दै उक्त अग्रता अझ लम्बाए । बार्सिलोनाका गोलकिपर वोइचेक स्जेन्स्नी ५६औं मिनेटमा रातो कार्ड खाँदै मैदान छाड्नु परेको थियो । त्यति नै खेर रोड्रिगोले गोल फर्काए पनि रियललाई पराजित हुनबाट त्यो प्रयाप्त भएन् ।

 

फेसबुक प्रतिक्रिया

ट्रेन्डिङ खबर

ताजा अपडेट

सम्बन्धित समाचार