काठमाडौं । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सले असोज २३ गतेको साधारणसभाले पारित गरेको १८.३८११ प्रतिशत बोनस सेयर बापतको रकम जम्मा गर्न सेयरधनीलाई आग्रह गरेको छ । सेयरधनीले कर बापत बोनस सेयरको ५ प्रतिशत रकम जम्मा गरेपछि मात्रै बोनस सेयर सम्बन्धित सेयरधनीको हितग्राही खातामा पठाइने जनाएको छ ।
साविक सानिमा लाइफ र रिलायन्स लाइफ आपसमा मर्ज भएर सानिमा रिलायन्स लाइफ बनेको हो । कम्पनी मर्ज भएको मितिमा कायम रहेका सेयरधनीले दुई वर्षसम्म लाभांशको कर तिर्न नपर्ने तर एकीकृत कारोबारपछि भने कर तिर्नुपर्ने व्यवस्था रहेको छ ।
साथै सेयर धितो राखेर कर्जा लिएका सेयरधनीले कर बापतको रकम बुझाएर कर्जा लिएको बैंक तथा वित्तीय संस्थाको एनओसी वा फुकुवा पत्र पेश गरेपछि मात्रै बोनस सेयर पठाइने कम्पनीले जनाएको छ ।