वाइल्ड लाइफ फोटोग्राफर चुङ्बा शेर्पाको निधन

काठमाडौं । वाइल्ड लाइफ फोटोग्राफर चुङ्बा शेर्पाको निधन भएको छ । ६४ वर्षीय शेर्पाको ग्राण्डी अस्पतालमा उपचारका क्रममा आइतबार राति १२ः१५ बजे निधन भएको हो ।

सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका–१ लुक्लाका शेर्पा कलेजोसम्बन्धी समस्याका कारण एक सातादेखि उपचाररत थिए । भेन्टिलेटरमा राखेर उनको उपचार भइरहेको थियो । उपचारकै क्रममा शेर्पाको निधन भएको बताइएको छ ।

पर्यटन व्यवसायमा आबद्ध उनी चौँरीखर्कको गाविस अध्यक्षसमेत भएका थिए । केही वर्षदेखि वाइल्ड लाइफ फोटोग्राफीमा सक्रिय शेर्पा फोटोग्राफी सम्बन्धी विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संस्थासँग आबद्ध थिए । उनका दुई छोरा र तीन छोरी छन् ।

फेसबुक प्रतिक्रिया

ट्रेन्डिङ खबर

ताजा अपडेट

सम्बन्धित समाचार