काठमाडौं । मंगलबार सेयर बजार परिसूचक सामान्य अंकले बढेको छ । अघिल्लो दिन करिब ५० अंकले बढेको सेयर बजार परिसूचक आज भने ६ दशमलव १६ अंकले बढेको हो ।
आजको कारोबार बन्द हुँदा सेयर बजार परिसूचक २६४६ दशमलव ८४ विन्दुमा पुगेको छ । आजको कारोबार बन्द हुँदा सेयर बजारमा १२६ कम्पनीको सेयर मूल्य बढेको छ भने १०७ कम्पनीको सेयर मूल्य घटेको छ । त्यस्तै १० कम्पनीको सेयर मूल्य स्थिर रहेको छ ।
त्यस्तै आज ‘क’ वर्गका कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि ० दशमलव ८९ अंकले बढेर ४५० दशमलव ४८ विन्दुमा पुगेको छ । त्यस्तै आज ८ उपसूचको सेयर मूल्य बढेको छ भने ४ वटाको घटेको छ । एउटा उपसूचको सेयर मूल्य भने स्थिर रहेको छ ।
नेप्से परिसूचक सामान्य बढेको दिन कारोबार रकममा भने गिरावट आएको छ । आजको कारोबार बन्द हुँदा सेयर बजारमा ५ अर्ब ३८ करोड ४६ लाख ७२ हजार २९५ रुपैयाँ बराबरको कारोबार भएको छ । अघिल्लो दिन सेयर बजारमा ६ अर्बभन्दा माथिको कारोबार भएको थियो । आज सेयर बजारमा ३०५ कम्पनीका १ करोड २० लाख ८१ हजार ६०६ कित्ता सेयर ६६ हजार ६२६ पटक खरिद बिक्री भएका छन् ।
आज सेयर बजारमा कारोबार भएका कम्पनीमध्ये ३ कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ भने २ कम्पनीको सेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ ।