भुकम्प अपडेट : चीन केन्द्रबिन्दु भएर ७ म्याग्निच्युडको भूकम्प गएको पुष्टि

काठमाडौं । एकाबिहानै गएको भुकम्पको केन्द्र विन्दु तिब्बतको दिङ्गीमा रहेको पुष्टि भएको छ । भूकम्प बिहान ६ बजेर ५० मिनेट जाँदा गएको भुकम्पनको ७ म्याग्निच्युडको रहेको राष्ट्रिय भुकम्प मापन केन्द्रले जनाएको छ ।

भूकम्पको केन्द्र पूर्वीतर्फ रहेकाले नेपालसहित, भारत, भुटान, बंगलादेश र चीनमा पनि धक्का महसुस गरिएको सञ्चारमाध्यमले जनाएका छन् । पूर्वी नेपालमा पनि बढी धक्का महसुस गरिएको स्थानीय समाचारदाताले जनाएका छन् ।

काठमाडौंमा भूकम्पको धक्का महसुस भएपछि स्थानीय त्रसित हुँदै सडकमा निस्किएका थिए । केन्द्रका अनुसार भूकम्पको केन्द्र सगरमाथा क्षेत्रबाट करिब ९० किमि उत्तरमा देखिएको छ । जुन काठमाडौैंबाट करिब २८० किमि पूर्वोत्तर क्षेत्रमा पर्छ ।

फेसबुक प्रतिक्रिया

ट्रेन्डिङ खबर

ताजा अपडेट

सम्बन्धित समाचार