रोयल ए–वान फाष्टफुड ग्रुपको खाद्य स्वच्छता सम्बन्धी अभिमुखिकरण कार्यक्रम सम्पन्न

काडमाठौं । रोयल ए–वान फाष्टफुड ग्रुपको खाद्य स्वच्छता तथा सेवा उत्कृष्टता सम्बन्धी अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ । रोयल ए–वान इन्भेष्टमेन्ट प्रा.लि. द्वारा सञ्चालित रोयल ए–वान फाष्टफुड ग्रुपको खाद्य स्वच्छता तथा सेवा उत्कृष्टता सम्बन्धी अभिमुखिकरण कार्यक्रम पुस २२ गते सोमबार सम्पन्न भएको हो ।

कार्यक्रम अध्यक्ष हरि बहादुर श्रेष्ठ (नविन) को अध्यक्षतामा सम्पन्न भएको हो । रोयल ए–वान फाष्टफुड ग्रुपको सम्पुर्ण शाखाहरुको खाना, सर्विस, ड्रेस, मेन्यूको एकरुपता कायम राखी हामी सबै एकताबद्ध भएर खाना उत्पादन तथा वितरणमा खाद्य स्वच्छता तथा सेवा उत्कृष्टता, सकृयता पूर्वक निरन्तरता दिई अझै नयाँ नयाँ स्तरिय सेवा सुविधा दिनुपर्ने संस्थाका अध्यक्ष हरि बहादुर श्रेष्ठ (नविन) ले बताए । उक्त कार्यक्रम संस्थाका सचिव राकेश श्रेष्ठ ले सञ्चालन गरेका थिए ।

उनले रोयल ए–वान ग्रुप विगत ३० वर्ष भन्दा अगाडिदेखि २/४ वटा टेबलबाट सुरु गरिरहँदा, आज २१ वटा शाखा, होटल, रेष्टुरेण्ट, पार्टी प्यालेससम्म सफलता हाँसिल गरेको जानकारी दिए । उनले आगामी दिनमा थप ग्राहक महानुभावहरुको चाहाना अनुसार प्रतिस्पर्धात्मक बजारमा श्रेष्ठता हाँसिल गर्नका निमित्त खाना र सर्विसलाइ गुणस्तरीय गरि आगामी दिनमा नयाँ प्रविधिबाट आम ग्राहक महानुभावहरुको बीचमा स्थापित गर्दै स्टार होटल, रिसोर्टको रुप्मा नेपालको नमुनाको रुपमा नेपली पनको अर्गानिक खाना उत्पादन गरि अगाडि जाने प्रष्ट पारे । हाल रोयल ए–वान ग्रुपमा १५० भन्दा माथी उद्यमी र १००० जनाको हाराहारीमा रोजगारी सिर्जना भएको पनि बताए।

उक्त कार्यक्रममा कोषाध्यक्ष भिम बहादुर श्रेष्ठले स्वागत मन्तव्य राख्दै खाद्य स्वच्छता तथा सेवा उत्कृष्टता सम्बन्धी सम्पुर्ण शाखाबाट आफ्नो काम कर्तव्य, जिम्मेवारी पूरा गर्नु पर्ने र विगतमा उत्प्रेरणा सम्बन्धी कार्यक्रम गर्दै आइरहेको र आगामी दिनमा पनि सेफ, म्यानेजर, क्याप्टेन र अन्य कर्मचारीलाई सीप तथा क्षमता अभिवृद्धिका लागि उत्प्रेरित हुने कार्यक्रममा सहभागि जनाइने पनि बताए । एक्जुकेटिभ सेफ, सेफ एसोशिएसनका पूर्व अध्यक्ष राम अधिकारीले खाना उत्पादन र वितरण बारे खानालाई बजार माग अनुसार नेपाली पन दिनुपर्ने, किचनमा कार्यरत जनशक्तिहरु नम्र भई खुसी साथ सेवा दिनु पर्ने, खाना पकाउने तरिका स्टिमिङ, बोइलिङ, फ्राई, टेम्प्रेचर, ग्रिल, वोइलको मात्रा ग्राहकको चाहाना अनुसार व्यवस्थित गर्नुपर्ने बताए ।

त्यस्तै उनले खाना उत्पादनमा आकर्षक तरिकाले विशेष सजावट तरिकाले आँखाको ध्यान केन्द्रित हुने गरि राम्रो र उत्कृष्ट बनाउनु पर्ने, किचनमा प्रयोग गर्ने कच्चा पदार्थ, सामानको गुणस्तर राम्रो र ताजा हुनु पर्ने, टिमवर्कमा काम छिटो छरितो र गुणस्तरीय गर्न सकिने धारणा राखे । बजारमा ग्राहकमा माग राम्रो भएका खाना उत्पादन र वितरणमा जोड दिँदै छिटो छरितो र छोटो मेन्यू व्यवस्थापन गर्नुपर्ने, डाक्टरको अप्रेशन थिएटर भन्दा पनि संवेदनशिल किचन र जनशक्ति हुनु पर्ने, उ सम्बन्धी उत्प्रेरणा दिइ राष्ट्रिय तथा अन्तराष्ट्रिय खाना उत्पादन र वितरणका नियमहरु, आन्तरिक किचनमा किचन सेटिङ्ग सम्बन्धी फ्रिजिङ, लेबलिङ सरसफाइ हाइजेनिक सम्बन्धी किचनमा आइ पर्ने समस्या र समाधान, ग्राहकको माग बमोजिम नेपाली खाना नेपाली पनलाई ए वान ग्रुपले नयाँ ढङ्गले अगाडि बढ्नुपर्ने उनको भनाइ थियो ।

रोयल ए–वान ग्रुपका सञ्चालक सदस्य तथा प्रशिक्षक विष्णु श्रेष्ठले एफ एण्ड डी सर्विस सम्बन्धी प्रशिक्षणमा सर्व प्रथम आफैलाई आफै प्रश्न गरि होटल रेष्टुरेण्टमा काम गर्दा आफ्नो जिम्मेवारी वहन गर्नुपर्छ किनकि पदिय जिम्मेवारी महत्वपूर्ण हुन्छ त्यसैले हामीले कुशल नेतृत्व गर्नु पर्ने बताए । उनले सामूहिकतामा कम्पनी अगाडि बढाउन सकिने उल्लेख गरे । ‘हामी सबैले सीप सिकेपछि आफ्नो व्यवहारमा प्रयोग गरि व्यवसायिक विकासमा अगाडि जान सकिन्छ, काम कर्तव्य जिम्मेवारी प्रति सेफ, म्यानेजर, क्याप्टेन लगायत कर्मचारीहरु वफादार हुन आवश्यक छ, व्यक्तिगत सरसफाई, ग्राहकलाई स्वागतदेखि विदाईसम्म गर्दा ग्राहक महानुभावको चाहाना अनुसार खाना सर्विस, प्लेटिङ, डेकुरेशन, आदर–सत्कार सहित आकर्षक तरिकाले सर्विस गर्नु पर्ने, प्रतिस्पर्धात्मक बजार अनुसार सर्विसमा ध्यान दिई व्यवसायिक विकासका निमित्त आफ्नो लक्ष अनुसार कम्पनी अगाडि बढाउनु पर्ने हुन्छ,’ उनले भने ।

सो कार्यक्रममा रोयल ए–वान फाष्टफुड ग्रुपको कार्य समितिका पदाधिकारी सदस्यहरु र एक्काइस वटा शाखाका सेफ, म्यानेजर, क्याप्टेनहरुको उपस्थिति रहेको थियो ।

फेसबुक प्रतिक्रिया

ट्रेन्डिङ खबर

ताजा अपडेट

सम्बन्धित समाचार