काठमाडौं । साताको पहिलो कारोबार दिन आइतबार सेयर बजार दोहोरो अंकले घटेको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक २१.१२ अंकले घटेर २६०९.५८ को बिन्दुमा पुगेर बजार बन्द भएको हो ।
त्यस्तै, आज सेन्सेटिभ इण्डेक्स २.४६ अंक घटेको छ भने फ्लोट इण्डेक्स १.४२ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.८४ अंक घटेको छ। आज ३१६ कम्पनीको १ करोड १० लाख ९९ हजार २ सय ३९ कित्ता सेयर किनबेच हुँदा ५ अर्ब ४७ करोड ४८ लाख ६८ हजार ७ सय ६४ रुपैयाँ बराबरको कारोबार भएको छ ।
आज प्रभु बैंकको सर्वाधिक कारोबार भएको छ । कम्पनीको २६ करोड १० लाख ८२ हजार रुपैयाँ बढी कारोबार भएको छ । कम्पनीको प्रतिकित्ता न्यूनतम मूल्य २ सय ४१ रुपैयाँ पुगेको छ ।
६९ कम्पनीको सेयर मूल्य बढ्दा आज १७२ कम्पनीको सेयर मूल्य घटेको छ भने २ कम्पनीको सेयर मूल्य स्थिर रहेको छ । साथै, आज २ कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ भने ४ कम्पनीको सेयर मूल्य नकारात्मक सर्किट लागेको छ ।