दार्चुलामा भूकम्पको धक्का महसुस

काठमाडौं । दार्चुलामा भूकम्पको धक्का महसुस भएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार आज राति ९ः२५ बजे दार्चुला केन्द्रविन्दु भई ४ म्याग्निच्यूडको भूकम्प धक्का महसुस भएको हो ।

यसअघि गत शुक्रबार बाजुरामा पाँच दशमलव दुई म्याग्निच्यूड र मनाङमा गत बिहीबार चार दशमलव सात म्याग्निच्यूडको भूकम्प महसुस गरिएको थियो ।

फेसबुक प्रतिक्रिया

ट्रेन्डिङ खबर

ताजा अपडेट

सम्बन्धित समाचार