सूर्यज्योति लाइफको लाभांश वितरण

काठमाडौं । सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको पुस ६ गतेको साधारणसभाले पारित गरेको २० प्रतिशत नगद लाभांश (कर समेत) सम्बन्धित सेयरधनीको खातामा जम्मा भएको छ । कम्पनीले सभा तथा लाभांश वितरण प्रयोजनका लागि कात्तिक २१ गते बुक क्लोज गरेको थियो । यसर्थ कात्तिक २० गतेसम्म कायम शेयरधनीहमा लाभांश वितरण गरिएको हो ।

कम्पनीले सेयरधनीको सम्बन्धित बैंक खातामा लाभांश पुस ६ गतेदेखि नै जम्मा गराइएको जनाएको छ । हालसम्म पनि शेयर अभौतिकीकरण नगरेका र डिम्याट खाता अद्यावधिक नगरेका शेयरधनीलाई सेयर अभौतिकीकरण र अद्यावधिक गर्न समेत आग्रह गरेको छ ।

साथै धितोबन्धक राखी कर्जा लिएका सेयरधनीको कर्जा चुक्ता गरेको फुकुवा पत्र प्राप्त भएपछि मात्रै बैंक खातामा पठाइने कम्पनीले जनाएको छ ।

फेसबुक प्रतिक्रिया

ट्रेन्डिङ खबर

ताजा अपडेट

सम्बन्धित समाचार