सेयर बजारमा ३१ अंकको गिरावट, कारोबार रकम पौने ५ अर्ब

काठमाडौं । साताको सेयर कारोबार हुने अन्तिम दिन बिहीबार नेप्से परिसूचक दोहोरो अंकले घटेर बन्द भएको छ । आजको कारोबार बन्द हुँदा सेयर बजार परिसूचक ३१ दशमलव ४३ अंकले घटेर बन्द भएको हो ।

आजको कारोबार बन्द हुँदा सेयर बजार १.१९ प्रतिशतले घटेर २५९६ दशमलव ८२ विन्दुमा पुगेको छ । त्यस्तै आज ‘क’ वर्गका कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि ४ दशमलव ३५ अंकले घटेर ४४५ दशमलव ७७ विन्दुमा पुगेको छ । आज १३ उपसूचकमध्ये सबैको परिसूचकमा गिरावट आएको छ ।

आज सेयर बजारमा कारोबार भएका कम्पनीमध्ये २११ कम्पनीको सेयर मूल्य घटेको छ भने २९ कम्पनीको सेयर मूल्य बढेको छ । त्यस्तै ३ कम्पनीको सेयर मूल्य भने स्थिर रहेको छ ।

परिसूचक राताम्य भएको दिन सेयर बजारमा पौने ५ अर्ब रुपैयाँको कारोबार भएको छ । आज सेयर बजारमा ३१० कम्पनीका ९८ लाख ३२ हजार ३०८ कित्ता सेयर ५५ हजार ९८९ पटक खरिद बिक्री हुँदा ४ अर्ब ७६ करोड २ लाख ६७ हजार ४८३ रुपैयाँको कारोबार भएको छ । आज सेयर बजारमा एक कम्पनीको सेयर मूल्यमा भने सकारात्मक सर्किट लागेर कारोबार बन्द भएको छ ।

फेसबुक प्रतिक्रिया

ट्रेन्डिङ खबर

ताजा अपडेट

सम्बन्धित समाचार