नेपाल सुटिङ संघको बागमति प्रदेश तदर्थ समिति गठन

काठमाडौं । नेपाल सुटिङ संघको बागमति प्रदेश तदर्थ समिति गठन भएको छ । राजु दर्शनको अध्यक्षतामा तदर्थ समिति गठन गरिएको हो ।

बागमति प्रदेशका नुवकोट, काठमाडौं, ललितपुर, भक्तपुर, काभ्रे र सिन्धुपाल्चोक जिल्लाका सुटिङ खेलाडी र पदाधिकारीको उपस्थितिमा १३ सदस्यीय संघ गठन गरिएको हो । तदर्थ समतिको दुई उपाध्यक्षमा प्रविन्द्र बस्नेत र एस के थपलिया रहेका छन् । त्यस्तै सचिवमा उपेन्द्र थापा र कोषाध्यक्षमा विवेश खड्का रहेका छन् ।

त्यस्तै तदर्थ समितिको सदस्यमा कृष्ण घोरासैनी, हरि बहादुर थापा, सरस्वती बानियाँ, दिपक थापा, सुदन खड्का, कटी योञ्जन र टिकाराम श्रेष्ठ रहेका छन् । बागमति  प्रदेश खेलकुद सदस्य सचिव दीपक लामाको आथित्यमा कार्यत्रम सम्पन्न भएको थियो ।

उक्त कार्यक्रममा संघका नवनिर्वाचित अध्यक्ष र कार्यसमितिका सदस्यहरूले नेपालमा सुटिङ खेलाडीहरूले भोग्दै आएको उपकरण अभावको समस्या समाधान गर्नका लागि आग्रह गरेका छन् । अध्यक्षले विशेष रूपमा प्रदेश खेलकुद विकास परिषद्लाई अत्यावश्यक उपकरण उपलब्ध गराउन औपचारिक अनुरोध गरे ।

संघले विगतदेखि नै खेलकुद परिषद् र खेलकुद मन्त्रालयबाट सुटिङ खेलप्रति आवश्यक ध्यान नदिइएको उनीहरुको भनाइ छ । उनीहरुले खेलका लागि आवश्यक पर्ने उपकरण उपलब्ध गराइएमा आगामी प्रतियोगिताहरूमा उत्कृष्ट नतिजा देखाउन दाबी गरे । यसमा प्रमुख अतिथि परिषद्का सदस्य सचीवले आफू खेलकुद पृष्ठभूमिको भएको भन्दै खेलाडीहरूका लागि उपकरणको महत्वलाई बुझेको बताए । उनले संघलाई सहयोग गर्ने र उपकरण उपलब्ध गराउने विषयमा आफ्नो तर्फबाट सक्दो प्रयास गर्ने आश्वासन दिए ।

 

फेसबुक प्रतिक्रिया

ट्रेन्डिङ खबर

ताजा अपडेट

सम्बन्धित समाचार