पोखरा ग्रान्डमा सिटिजन लाइफको ३ दिने आवसिय कार्यक्रम ‘सिटिजन एनुअल बिजनेस रिट्रिट २०८१’ सम्पन्न

काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्सद्वारा सन्चालित कार्यक्रम ‘सिटिजन एन्युअल बिजनेश रिट्रीट २०८१’ सम्पन्न भएको छ । उक्त कार्यक्रम पोखरामा भव्यताका साथ सम्पन्न भएको हो ।

कम्पनीले आयोजना गरेको उक्त कार्यक्रम मंसिर १४ गतेदेखि १६ गते सम्म पोखरा स्थित होटेल ‘पोखरा ग्रान्ड’ मा सम्पन्न भएको हो । यस कार्यक्रममा देश भरिबाट २५० जनाको सहभागिता रहेको थियो । सिटिजन लाइफले आफ्नो कर्मचारी र अभिकर्ताहरुको लागि विभिन्न सीप विकास कक्षाहरु नियमित समयको अन्तरालमा राष्ट्रिय–अन्तराष्ट्रिय प्रशिक्षकहरूबाट विशेष प्रशिक्षण कक्षाहरू प्रदान गर्दै आएको छ । यसै सन्दर्भलाई निरन्तरता दिदै सञ्चालन गरिएको यस कार्यक्रमको मुख्य उद्देश्य सिटिजन लिडर्सहरुलाई विभिन्न क्षेत्रहरुमा अझै ज्ञान प्रदान गर्न रहेको थियो ।

कार्यक्रममा मुख्य प्रशिक्षकको रुपमा अन्तराष्ट्रिय प्रशिक्षक विजय कुमार झा रहेका थिए । प्रशिक्षक झाले सिटिजन लिडर्सहरुको क्षमता तथा आत्मविश्वास अभिबृद्धिलाई मध्यनजर गर्दै; बिक्री कला विकास, व्यक्तित्व विकास, संचार, पेशा प्रति आत्मविश्वास, व्यक्तिगत प्रस्तुति लगायत MDRT किन आवश्यक छ जस्ता विभिन्न कुराहरुको प्रशिक्षण दिएका थिए ।

उक्त कार्यक्रममा देशका विभिन्न क्षेत्रबाट सहभागिता जनाएका सिटिजन लिडर्सहरुले विविधतामा एकताको भावनालाई झल्काउदै आफ्ना संस्कृतिक पोशाक तथा मौलिक संस्कृतीमा नाच–गान गरेर कार्यक्रमलाई भव्य र उत्कृष्ट बनाएका थिए । यसका साथै कार्यक्रममा उपस्थित सहभागीहरुलाई ७ वटा हाउसमा विभाजित गरी टिम निर्माणका लागि मनोरञ्जनात्मक खेलहरु खेलाईएको थियो । यस कार्यक्रमका साथै सिटिजन लाइफका अभिकर्ताहरुले पोखराका विभिन्न पर्यटकीय क्षेत्रहरुको अवलोकन गरेर सो क्षेत्रका सामाजिक तथा आर्थिक वातावरणको बारेमा बुझ्ने मौका समेत पाएका थिए ।

एन्युअल बिजनेश रिट्रीट कार्यक्रममा कम्पनीका ब्रान्ड एम्बेस्डर मदन कृष्ण श्रेष्ठ र हरिवंश आचार्य, कम्पनीका प्रमुख कार्यकारी अधिकृत पोषकराज पौडेल एवम कम्पनीका प्रमुख मार्केटिङ अधिकृत भुषण रिमाल लगायत कम्पनीमा उच्च पदस्थ अधिकारीहरूको सहभागिता रहेको थियो । कार्यक्रममा प्रशिक्षित सहभागीहरूको क्षमता अभिबृद्धि हुने तथा व्यवसायमा सहयोग मिल्ने कम्पनीले विश्वास लिएको छ ।

कार्यक्रमलाई सम्बोधन गर्दै कम्पनीका प्रमुख कार्यकारी अधिकृत पोषकराज पौडेलले उपस्थित सम्पूर्ण सिटिजन लिडर्र्सहरुको मिहिनेत र परिश्रमको कदर गर्दै आउँदो दिनहरुमा अझै व्यापार वृद्धि र व्यक्तिगत वृद्धिको उच्च सम्भाव्यता रहेको विचार व्यक्त गरे । सो कुरालाई मध्यनजर गर्दै, सुचार गरिएको यस कार्यक्रमबाट उपस्थित सबै जनाले धेरै कुराहरुको ज्ञान प्राप्त गरेका र सिकेका कुराहरु आउने समयमा आधिकारिक र व्यक्तिगत जीवनमा काम लाग्ने आशा जनाए । यसै कार्यक्रममा सिटिजन्स अर्निङ पाइन्टको उद्घघाटन पनि गरिएको थियो । आगामी दिनहरूमा पनि यसै प्रकारका विभिन्न तालिम तथा शिक्षामुलक कार्यक्रमहरु सञ्चालन गरिने प्रतिवद्धता जनाउदै कार्यक्रम समापनको घोषणा गरिएको थियो ।

फेसबुक प्रतिक्रिया

ट्रेन्डिङ खबर

ताजा अपडेट

सम्बन्धित समाचार