विदेशी मुद्राको विनिमयदर : अधिकांशको मूल्य स्थिर

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । आजका लागि तय भएको विनिमयदरअनुसार अधिकांश विदेशी मुद्राको मूल्य स्थिर रहेको छ ।

राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिददर १३४ रुपैयाँ ८८ पैसा र बिक्रीदर १३५ रुपैयाँ ४८ पैसा कायम भएको छ । अघिल्लो दिन पनि डलरको सटही सोही मूल्यमा भएको थियो । त्यस्तै आज युरोपियन युरो एकको खरिददर १४२ रुपैयाँ ४३ पैसा र बिक्रीदर १४३ रुपैयाँ ०६ पैसा र युके पाउण्ड स्टर्लिङ एकको खरिददर १७१ रुपैयाँ २१ र बिक्रीदर १७१ रुपैयाँ ९७ पैसा कायम भएको छ । अघिल्लो दिन पनि यी दुवै मुद्राको सटहीदर सोही कायम भएको थियो ।

त्यस्तै आज स्वीस फ्रयाङ्क एकको खरिददर १५३ रुपैयाँ १० पैसा र बिक्रीदर १५३ रुपैयाँ ७८ पैसा कायम भएको छ । केन्द्रीय बैंकका अनुसार आज अष्ट्रेलियन डलर एकको खरिददर ८७ रुपैयाँ ७६ पैसा र बिक्रीदर ८८ रुपैयाँ १५ पैसा, क्यानेडियन डलर एकको खरिददर ९६ रुपैयाँ ३५ पैसा र बिक्रीदर ९६ रुपैयाँ ७८ पैसा, सिङ्गापुर डलर एकको खरिदार १०० रुपैयाँ ६४ पैसा र बिक्रीदर १०१ रुपैयाँ ०९ पैसा निर्धारण गरिएको छ ।
यस्तै, जापानी येन १० को खरिददर ८ रुपैयाँ ९९ पैसा र बिक्रीदर ९ रुपैयाँ ०३ पैसा, चिनियाँ युआन एकको खरिददर १८ रुपैयाँ ६३ पैसा र बिक्रीदर १८ रुपैयाँ ७१ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३५ रुपैयाँ ९० पैसा र बिक्रीदर ३६ रुपैयाँ ०६ पैसा, कतारी रियाल एकको खरिददर ३७ रुपैयाँ र बिक्रीदर ३७ रुपैयाँ १७ पैसा कायम भएको छ ।

केन्द्रीय बैंकका अनुसार थाइ भाट एकको खरिददर ३ रुपैयाँ ९३ पैसा र बिक्रीदर ३ रुपैयाँ ९५ पैसा, युएई दिराम एकको खरिददर ३६ रुपैयाँ ७२ पैसा र बिक्रीदर ३६ रुपैयाँ ८९ पैसा, मलेसियन रिङ्गेट एकको खरिदर ३० रुपैयाँ ३४ पैसा र बिक्रीदर ३० रुपैयाँ ४८ पैसा तोकिएको छ । त्यस्तै, दक्षिण कोरियन वन १०० को खरिदर ९ रुपैयाँ ६६ पैसा र बिक्रीदर ९ रुपैयाँ ७० पैसा, स्वीडिस क्रोनर एकको खरिददर १२ रुपैयाँ ३६ पैसा र बिक्रीदर १२ रुपैयाँ ४२ पैसा र डेनिस क्रोनर एकको खरिददर १९ रुपैयाँ १० पैसा र बिक्रीदर १९ रुपैयाँ १८ पैसा तोकिएको छ ।

राष्ट्र बैंकले हङकङ डलर एकको खरिददर १७ रुपैयाँ ३३ पैसा र बिक्रीदर १७ रुपैयाँ ४१ पैसा, कुवेती दिनार एकको खरिददर ४३८ रुपैयाँ ९६ पैसा र बिक्रीदर ४४० रुपैयाँ ९२ पैसा, बहराइन दिनार एकको खरिददर ३५७ रुपैयाँ ७५ पैसा र बिक्रीदर ३५९ रुपैयाँ ३४ पैसा, ओमानी रियाल एकको खरिददर ३५० रुपैयाँ ३५ पैसा र बिक्री दर ३५१ रुपैयाँ ९१ पैसा तोकेको छ । यस्तै, भारतीय रुपैयाँ १०० को खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा तोकेको छ ।

फेसबुक प्रतिक्रिया

ट्रेन्डिङ खबर

ताजा अपडेट

सम्बन्धित समाचार