लुम्बिनीस्थित पाल थुव्तेन सेडुप लिङ गुम्बाको उद्घाटन

काठमाडौं । कानिङ सेडुव लिङ गुम्बा सङ्गठन तथा लुम्बिनी विकास कोषले निर्माण गरेको लुम्बिनीस्थित पाल थुव्तेन सेडुप लिङ गुम्बाको उद्घाटन गरिएको छ। गुम्बाको शुक्रबार एक समारोहका बिच उद्घाटन गरिएको हो ।  बौद्ध गुरु छोकी निमा रिन्पोछे, लुम्बिनी विकास कोषका उपाध्यक्ष डा। ल्हारक्याल लामाले गुम्बाको औपचारिक उद्घाटन गरेका छन् ।

उद्घाटन समारोहमा बोल्दै उपाध्यक्ष लामाले लुम्बिनीमा ठुलो गुम्बा निर्माण हुनु लुम्बिनी र नेपालसँगै विश्वका शान्ति प्रेमीहरूका लागि गौरव भएको बताए । उनले लुम्बिनीमा गुम्बा निर्माण गरेर बुद्ध दर्शनको प्रवर्द्धनमा ठुलो टेवा पुग्ने बताए ।

यस्तै बौद्ध गुरु निमा रिन्पोछेले देश तथा विदेशका चन्दादाताहरूको सहयोगबाट हजार बुद्धको महाविहार निर्माण भएको भन्दै अब यसको संरक्षण सबैले गर्नुपर्ने बताए । कार्यक्रममा लुम्बिनी प्रदेश सभा सदस्य तथा पूर्वमन्त्री चन्द्र केश गुप्ताले लुम्बिनीमा विहारहरू निर्माण हुनेले बौद्ध पर्यटनमा ठुलो टेवा पुर्‍याउने बताए ।

फेसबुक प्रतिक्रिया

ट्रेन्डिङ खबर

ताजा अपडेट

सम्बन्धित समाचार