डलर, युरो र पाउण्डको मूल्य घट्यो, कुन देशको विनिमयदर कति ?

काठमाडौं । शनिबार अमेरिकी डलरसँगै युरो र पाउण्डको मूल्य घटेको छ । आज अघिल्लो दिनको तुलनामा यी देशको विनिमयदर घटेको हो ।

शनिबार अमेरिकी डलर एकको खरिददर १३४ रुपैयाँ ८२ पैसा र बिक्रीदर १३५ रुपैयाँ ४२ पैसा निर्धारण भएको छ । अघिल्लो दिन अमेरिकी डलर एकको खरिददर १३४ रुपैयाँ ९० पैसा र बिक्रीदर १३५ रुपैयाँ ५० पैसा रहेको थियो । यस्तै आज युरो एकको खरिददर १४० रुपैयाँ ५२ पैसा र बिक्रीदर १४१ रुपैयाँ १४ पैसा कायम भएको छ । अघिल्लो दिन युरो एकको खरिददर १४२ रुपैयाँ ०४ पैसा र बिक्रीदर १४२ रुपैयाँ ६७ पैसा रहेको थियो ।

केन्द्रीय बैंकका अनुसार आज पाउन्ड स्टर्लिङ एकको खरिददर १६८ रुपैयाँ ८६ पैसा तथा बिक्रीदर १६९ रुपैयाँ ६१ पैसा कायम भएको छ । अघिल्लो दिन पाउण्ड स्टर्लिङ एकको खरिददर १७० रुपैयाँ ६२ पैसा तथा बिक्रीदर १७१ रुपैयाँ ३८ पैसा रहेको थियो । त्यस्तै आज स्विस फ्र्याङ्क एकको खरिददर १५१ रुपैयाँ ७५ पैसा तथा बिक्रीदर १५२ रुपैयाँ ४२ पैसा तथा अष्ट्रेलियन डलर एकको खरिददर ८७ रुपैयाँ ६३ बिक्रीदर ८८ रुपैयाँ ०२ पैसा निर्धारण भएको जनाएको छ । आजका लागि क्यानेडियन डलर एकको खरिददर ९६ रुपैयाँ ३७ पैसा तथा बिक्री दर ९६ रुपैयाँ ८० पैसा तथा सिङ्गापुर डलर एकको खरिददर १०० रुपैयाँ ०४ पैसा तथा बिक्रीदर १०० रुपैयाँ ४९ पैसा कायम गरिएको छ ।
यस्तै जापानी येन १० को खरिददर ८ रुपैयाँ ७३ पैसा तथा बिक्रीदर ८ रुपैयाँ ७७ पैसा, चिनियाँ युआन एकको खरिददर १८ रुपैयाँ ६१ पैसा तथा बिक्रीदर १८ रुपैयाँ ६९ पैसा, साउदी रियाल एकको खरिददर ३५ रुपैयाँ ९१ पैसा तथा बिक्रीदर ३६ रुपैयाँ ०७ पैसा, कतारी रियाल एकको खरिददर ३६ रुपैयाँ ९७ पैसा तथा बिक्रीदर ३७ रुपैयाँ १३ पैसा तय भएको केन्द्रीय बैंकले जनाएको छ ।

यस्तै, थाईभाट एकको खरिददर ३ रुपैयाँ ९१ पैसा, तथा बिक्रीदर ३ रुपैयाँ ९२ पैसा, युएई दिराम एकको खरिददर ३६ रुपैयाँ ७१ पैसा तथा बिक्रीदर ३६ रुपैयाँ ८७ पैसा निर्धारण भएको छ । मलेसियन रिङ्गेट एकको खरिददर ३० रुपैयाँ १८ पैसा तथा बिक्रीदर ३० रुपैयाँ ३१ पैसा, दक्षिण कोरियाली वन एक सयको खरिददर नौ रुपैयाँ ५९ पैसा तथा बिक्रीदर नौ रुपैयाँ ६३ पैसा निर्धारण भएको छ ।

स्विडिस क्रोनर एकको खरिददर १२ रुपैयाँ १७ पैसा तथा बिक्रीदर १२ रुपैयाँ २२ पैसा, डेनिस क्रोनर एकको खरिददर १८ रुपैयाँ ८४ पैसा तथा बिक्रीदर १८ रुपैयाँ ९३ पैसा र हङ्कङ डलर एकको खरिददर १७ रुपैयाँ ३२ पैसा तथा बिक्रीदर १७ रुपैयाँ ४० पैसा तय गरेको छ ।

कुवेती दिनार एकको खरिददर ४३८ रुपैयाँ तथा बिक्रीदर ४३९ रुपैयाँ ९५ पैसा र बहराइन दिनार एकको खरिददर ३५७ रुपैयाँ ६८ पैसा तथा बिक्रीदर ३५९ रुपैयाँ २८ पैसा निर्धारण गरिएको केन्द्रीय बैंकले जनाएको छ । ओमानी रियाल एकको खरिददर ३५० रुपैयाँ २० पैसा र बिक्री दर ३५१ रुपैयाँ ७५ पैसा निर्धारण भएको छ । केन्द्रीय बैंकले आजदेखि ओमानी रियालको खरिद बिक्री सुरु भएको जनाएको छ ।

फेसबुक प्रतिक्रिया

ट्रेन्डिङ खबर

ताजा अपडेट

सम्बन्धित समाचार