नेपाली रुपैयाँ थप कमजोर, डलर, पाउण्डको मूल्य बढ्यो युरोको घट्यो

काठमाडौं । अमेरिकी डलरको तुलनामा आज नेपाली रुपैयाँ थप कमजोर बनेको छ । आज अम्रिकी डलरको सटही दर अघिल्लो दिनको भन्दा बढेको हो । त्यस्तै आज पाउण्डको मूल्य पनि बढेको छ भने युरोको मूल्यमा गिरावट आएको छ ।

शुक्रबार अमेरिकी डलर एकको खरिददर १३४ रुपैयाँ ९० पैसा र बिक्रीदर १३५ रुपैयाँ ५० पैसा निर्धारण भएको छ । अघिल्लो दिन अमेरिकी डलर एकको खरिददर १३४ रुपैयाँ ७७ पैसा र बिक्रीदर १३५ रुपैयाँ ३७ पैसा रहेको थियो । यस्तै, युरो एकको खरिददर १४२ रुपैयाँ ०४ पैसा र बिक्रीदर १४२ रुपैयाँ ६७ पैसा कायम भएको छ । अघिल्लो दिन एक युरोको खरिददर १४२ रुपैयाँ १५ पैसा र बिक्रीदर १४२ रुपैयाँ ७८ पैसा रहेको थियो ।

केन्द्रीय बैंकका अनुसार आज पाउण्ड स्टर्लिङ एकको खरिददर १७० रुपैयाँ ६२ पैसा तथा बिक्रीदर १७१ रुपैयाँ ३८ पैसा कायम भएको छ । अघिल्लो दिन पाउण्ड एकको खरिददर १७० रुपैयाँ ५४ पैसा तथा बिक्रीदर १७१ रुपैयाँ ३० पैसा रहेको थियो । केन्द्रीय बैंकले स्वीस फ्र्याङ्क एकको खरिददर १५२ रुपैयाँ ७१ पैसा तथा बिक्रीदर १५३ रुपैयाँ ३८ पैसा, अष्ट्रेलियन डलर एकको खरिददर ८८ रुपैयाँ, बिक्रीदर ८८ रुपैयाँ ३९ पैसा निर्धारण भएको जनाएको छ । आजका लागि क्यानेडियन डलर एकको खरिददर ९६ रुपैयाँ ६३ पैसा तथा बिक्री दर ९७ रुपैयाँ ०७ पैसा तथा सिङ्गापुर डलर एकको खरिददर १०० रुपैयाँ ४४ पैसा तथा बिक्रीदर १०० रुपैयाँ ८९ पैसा कायम गरिएको छ ।

यस्तै जापानी येन १० को खरिददर आठ रुपैयाँ ७३ पैसा तथा बिक्रीदर आठ रुपैयाँ ७७ पैसा, बढेको चिनियाँ युआन एकको खरिददर १८ रुपैयाँ ६३ पैसा तथा बिक्रीदर १८ रुपैयाँ ७१ पैसा, साउदी रियाल एकको खरिददर ३५ रुपैयाँ ९३ पैसा तथा बिक्रीदर ३६ रुपैयाँ ०९ पैसा, कतारी रियाल एकको खरिददर ३७ रुपैयाँ तथा बिक्रीदर ३७ रुपैयाँ १७ पैसा तय भएको केन्द्रीय बैंकले जनाएको छ ।

यस्तै थाईभाट एकको खरिददर ३ रुपैयाँ ८९ पैसा तथा बिक्रीदर ३ रुपैयाँ ९१ पैसा, युएई दिराम एकको खरिददर ३६ रुपैयाँ ७३ पैसा तथा बिक्रीदर ३६ रुपैयाँ ८९ पैसा निर्धारण भएको छ । मलेसियन रिङ्गेट एकको खरिददर ३० रुपैयाँ २१ पैसा तथा बिक्रीदर ३० रुपैयाँ ३५ पैसा, दक्षिण कोरियाली वन १०० को खरिददर ९ रुपैयाँ ६५ पैसा तथा बिक्रीदर ९ रुपैयाँ ६९ पैसा निर्धारण भएको छ ।

स्वीडिस क्रोनर एकको खरिददर १२ रुपैयाँ २५ पैसा तथा बिक्रीदर १२ रुपैयाँ ३० पैसा, डेनिस क्रोनर एकको खरिददर १९ रुपैयाँ ०६ पैसा तथा बिक्रीदर १९ रुपैयाँ ०४ पैसा र हङ्कङ डलर एकको खरिददर १७ रुपैयाँ ३३ पैसा तथा बिक्रीदर १७ रुपैयाँ ४१ पैसा तय गरेको छ । यस्तै कुवेती दिनार एकको खरिददर ४३८ रुपैयाँ ६७ पैसा तथा बिक्रीदर ४४० रुपैयाँ ६२ पैसा र बहराइन दिनार एकको खरिददर ३५७ रुपैयाँ ९० पैसा तथा बिक्रीदर ३५९ रुपैयाँ ४९ पैसा निर्धारण गरिएको केन्द्रीय बैंकले जनाएको छ ।

राष्ट्र बैंकले यो विनिमय दरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैंकले तोक्ने विनिमयदर भने फरक हुनसक्ने र अद्यावधिक विनिमयदर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ ।

फेसबुक प्रतिक्रिया

ट्रेन्डिङ खबर

ताजा अपडेट

सम्बन्धित समाचार