काठमाडौं । नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । केन्द्रीय बैंकले सार्वजनिक गरेको विवरणअनुसार मङ्गलबारको तुलनामा बुधबार अमेरिकी डलर, युरो, पाउण्ड स्टर्लिङ लगायतका विदेशी मुद्राको मूल्य बढेको हो ।
आजका लागि अमेरिकी डलर एकको खरिददर १३४ रुपैयाँ ७७ पैसा, बिक्रीदर १३५ रुपैयाँ ३७ पैसा निर्धारण भएको छ । अघिल्लो दिन अमेरिकी डलर एकको खरिददर १३४ रुपैयाँ ७२ पैसा, बिक्रीदर १३५ रुपैयाँ ३२ पैसा रहेको थियो । त्यस्तै आज युरो एकको खरिददर १४२ रुपैयाँ २२ पैसा र बिक्रीदर १४२ रुपैयाँ ८५ पैसा कायम भएको छ । अघिल्लो दिन युरो एकको खरिददर १४१ रुपैयाँ ९६ पैसा, बिक्रीदर १४२ रुपैयाँ ५९ पैसा रहेको थियो ।
त्यस्तै आज पाउण्ड स्टिर्लिङ एकको खरिददर १७० रुपैयाँ २५ पैसा तथा बिक्रीदर १७१ रुपैयाँ ०१ पैसा कायम भएको छ । अघिल्लो दिन पाउण्ड एकको खरिददर १६९ रुपैयाँ ९६ पैसा र बिक्रीदर १७० रुपैयाँ ७२ पैसा रहेको थियो । केन्द्रीय बैंकले आजका लागि स्वीस फ्र्याङ्क एकको खरिददर १५२ रुपैयाँ ६३ पैसा तथा बिक्रीदर १५३ रुपैयाँ ३१ पैसा, अष्ट्रेलियन डलर एकको खरिददर ८७ रुपैयाँ ५१ पैसा, बिक्रीदर ८७ रुपैयाँ ९० पैसा निर्धारण भएको जनाएको छ ।
साथै आजका लागि क्यानेडियन डलर एकको खरिददर ९६ रुपैयाँ १४ पैसा, तथा बिक्री दर ९६ रुपैयाँ ५७ पैसा, सिङ्गापुर डलर एकको खरिददर १०० रुपैयाँ ५६ पैसा तथा बिक्रीदर १०१ रुपैयाँ ०१ पैसा कायम भएको छ । यस्तै जापानी येन १० को खरिददर ८ रुपैयाँ ७६ पैसा तथा बिक्रीदर ८ रुपैयाँ ८० पैसा, चिनियाँ युआन एकको खरिददर १८ रुपैयाँ ६२ पैसा तथा बिक्रीदर १८ रुपैयाँ ७० पैसा, साउदी रियाल एकको खरिददर ३५ रुपैयाँ ९० पैसा तथा बिक्रीदर ३६ रुपैयाँ ०६ पैसा, कतारी रियाल एकको खरिददर ३६ रुपैयाँ ९५ पैसा तथा बिक्रीदर ३७ रुपैयाँ १२ पैसा तय भएको केन्द्रीय बैंकले जनाएको छ ।
यस्तै थाईभाट एकको खरिददर ३ रुपैयाँ ९० पैसा, तथा बिक्रीदर ३ रुपैयाँ ९२ पैसा, युएई दिराम एकको खरिददर ३६ रुपैयाँ ६९ पैसा तथा बिक्रीदर ३६ रुपैयाँ ८६ पैसा निर्धारण भएको छ । मलेसियन रिङ्गेट एकको खरिददर ३० रुपैयाँ १३ पैसा तथा बिक्रीदर ३० रुपैयाँ २६ पैसा, दक्षिण कोरियाली वन १०० को खरिददर ९ रुपैयाँ ६७ पैसा तथा बिक्रीदर ९ रुपैयाँ ७१ पैसा निर्धारण भएको छ ।
स्वीडिस क्रोनर एकको खरिददर १२ रुपैयाँ २७ पैसा तथा बिक्रीदर १२ रुपैयाँ ३३ पैसा, डेनिस क्रोनर एकको खरिददर १९ रुपैयाँ ०६ पैसा तथा बिक्रीदर १९ रुपैयाँ १५ पैसा, हङ्कङ डलर एकको खरिददर १७ रुपैयाँ ३१ पैसा तथा बिक्रीदर १७ रुपैयाँ ३९ पैसा तय गरेको छ । यस्तै कुवेती दिनार एकको खरिददर ४३८ रुपैयाँ ३२ पैसा तथा बिक्रीदर ४४० रुपैयाँ २७ पैसा र बहराइन दिनार एकको खरिददर ३५७ रुपैयाँ ५० पैसा तथा बिक्रीदर ३५९ रुपैयाँ १० पैसा निर्धारण गरिएको केन्द्रीय बैंकले जनाएको छ ।
राष्ट्र बैंकले यो विनिमय दरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैंकले तोक्ने विनिमयदर भने फरक हुनसक्ने र अद्यावधिक विनिमयदर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ ।