नेपालको पर्यटन र माउन्टेन लिडर, कसरी लिन सकिन्छ बढी भन्दा बढी फाइदा

काठमाडौं । कुनै पनि मानिस एउटै क्षेत्रमा लागिरहयो भने त्यो क्षेत्रमा सफलता मिल्छ । अझै भनौ सफलता मिल्नु नै पर्छ । जो कोही व्यक्तिलाई पनि आफ्नो क्षेत्रको माथिल्लो तहसम्म पुग्ने इच्छा हुन्छ र त्यो स्वभाविक पनि हो । कुनै पनि क्षेत्रमा काम गर्दा त्यो क्षेत्रको माथिल्लो तहसम्म पुग्ने लक्ष्य सबैको हुन्छ । त्यसमा कति सफल हुन्छन् भने कति असफल हुन्छन् ।

हिमाल आरोहणको क्षेत्रमा लागेका दावा टासी शेर्पा त्यो क्षेत्रको माथिल्लो तह माउन्टेन लिडर बन्न सफल भएका छन् । पूर्वी नेपालको हिमाली जिल्ला सोलुखुम्बुको माप्यदुधकोशी गाउँपालिका वडा नम्बर ७ को शिबुचेमा जन्मेका शेर्पाले पर्यटकको भारी बोक्ने भरिया (पोटर) बाट यो क्षेत्रमा काम सुरु गरेका थिए । अहिले अन्तराष्ट्रिय स्तरको माउन्टन लिडर बनी सकेका छन् । सानै उमेरदेखि पर्यटन पेशामा भरियाका रुपमा लागे शेर्पा अहिले भने नेपालमा केही सिमित व्यक्तिहरुमध्येका एक हुन् ।

 

उनी ११ वर्षको उमेरमा उनले आफ्नो जीवन यापन गर्नका लागि भरिया भएर पर्यटकका भारी बोक्न थाले । उनले सानै उमेरमा पर्यटन क्षेत्रमा लागेर उनले तालिमहरु लिदै माउन्टेन लिडरसम्म बनेका शेर्पाले ट्रेकिङ गाइड/क्लाइमिङ गाइडको रुपमा धेरै वर्ष काम गरिसकेका छन् ।
पर्वतारोहणमा काम गर्ने गाइडहरुको माथिल्लो तह नै माउन्टेन लिडर हो । लिडर बन्नका लागि क्वालिफाएर बन्नु पर्छ । ट्रेकिङ गाइडको माथिल्लो तह हो । यो उपाधि भनेको अन्तराष्ट्रिय रुपमा प्रदान गरिने पद हो । नेपालमा केही सिमित व्यक्तिहरु मात्रै छन् । कुनै पनि क्षेत्रमा काम गर्दा त्यो क्षेत्रमा लगनशील भएर र आफूले बुझेर लाग्नु पर्ने उनी सुनाउँछन् ।

माउन्टेन लिडरका लागि माउन्टेनरिङ एसोसिएसनले तालिमहरु पनि चलाउने काम गर्छ । जसबाट दक्ष माउन्टेन लिडर उत्पादनमा सहयोग पुग्छ । माउन्टेन लिडर बन्नका लागि टे«किङ गाइडको लाइसेन्स लिएपछि यो क्षेत्रमा कम्तिमा ३ वर्ष काम गरेको हुनु पर्ने मापदण्ड कायम गरिएको छ । त्यस पछि पनि विभिन्न कोर्षहरु अध्ययन गर्नु पर्ने हुन्छ । जुन कोर्ष अध्ययन गरेर शेर्पा माउन्टेन लिडर बनेका छन् ।

युनियन अफ इन्टरनेशनल माउन्टेन लिडर एसोसिएसनको हेडक्वाटर अहिले स्वीसमा रहेको छ । यस अघि भने यो संस्थाको केन्द्रीय कार्यालय फ्रान्समा रहेको थियो । जसले माउन्टेन लिडरहरुलाई प्रमाणपत्र प्रदान गर्ने काम गर्छ । नेपालमा माउन्टेनरिङ एसोसिएसनले यस्ता कार्यकम तथा तालिमहरु सञ्चालन गर्ने गरेको हुन्छ । माउन्टेनरिङ एसोसिएसनमा कम्पनीका मालिक पनि हुने भएकाले अहिले यी संस्थाहरुले युनियन अफ इन्टरनेशनल माउन्टेन लिडर एसोसिएसनबाट अनुमति पाएका छैनन् । शेर्पा र उनको संस्थाले सन् २०१६ मा माउन्ट डिलर एसोशिएसन स्थापना गरेर नेपालमा काम गरिएका छन् । उनले सुरुवातमा संस्थाको महासचिवको जिम्मेवारीमा रहेर काम गरे भने अहिले भने अध्ययक्षको जिम्मेवारीमा रहेका छन् । उनले प्रशिक्षण दिने काम गरिरहेका छन् ।

उनका अनुसार अहिले नेपालमा तालिम सकेका करिब ३० जना जति माउन्टेन लिडरहरु रहेका छन् । तर उनीहरुको इभ्यालुएसेन नभएको छिट्टै इभ्यालुएसनको प्रक्रिया गरी उनीहरुलाई अन्तराष्ट्रिय स्तरको लिडरको अपडेट दिने उनले सुनाए । इभ्यालुएसनको नजिता प्रकाशन पछि मात्रै सटिफिकट वितरण हुने उनी बताउँछन् । कुनै पनि संस्थाले माउन्टेन डिलरका लागि आवेदन दिदा युनिएन अफ इन्टरनेशनल माउन्टेन लिडर एसोसिएसनले तालिमको मापदण्ड पुग्छ वा पुग्दैन भन्ने अवस्थाहरुको पनि त्यहाँ अध्ययन गरिन्छ ।

तोकेको मापदण्ड अनुसार आफ्नो अवस्था जानकारी गराइन्छ र न्युनतम मापदण्ड पुरा गरेपछि मात्रै साधारण सभामा रिर्पोट गरिन्छ । त्यस पछि मात्रै एसोसिएट र पूर्ण सदस्यता प्राप्त गर्ने बाटो खुल्छ । संस्थाले हरेक वर्ष मेम्बरको लिस्ट पठाउँछ । तर पूर्ण सदस्य भइसके पछि भने मापदण्डको विषयमा केही पनि जानकारीहरु आउँदैनन् ।

अहिले पनि तालिम दिने संस्था माउन्टेनरिङ एसोसिएसन नै हो । यो संस्थाले अझै पनि उच्च दक्षताको तालिन दिनु पर्ने आवश्यकता रहन्छ । अहिले युनियन अफ इन्टरनेशनल माउन्टेन लिडर एसोसिएसनमा २७ देशहरु सदस्य रहेका छन् । उनीहरुलाई नेपालमा क्षमतामान डिलर निर्माण भइसकेको छ भनेर माग गर्दा हामीले दिन सक्ने अवस्था छैन । हामी सदस्य भएका नाताले उनीहरुले माग गरेको खण्डमा उनीहरुलाई हामीले दक्ष डिलर दिनु पर्ने हो । तर नेपालमा क्षमतामान डिलरको भन्दा एजेन्सीको संख्या धेरै छ । जसले गर्दा दक्ष जनशक्तिको माग भएर आएको खण्डमा हामीले पठाउन सक्ने अवस्था भने छैन । नेपाल पूर्ण सदस्य भएर मात्रै हुँदैन । त्यो अनुसार काम पनि गर्नु पर्ने आवश्यकता पनि हुन्छ । नेपाल सुन्दर र हिमालले घेरिएको देश भएकाले यहाँ दक्ष जनशक्तिको आवश्यकता अझै बढी रहन्छ । हाम्रोमा घुम्न आउनेहरुको संख्या पनि धेरै नै हुन्छ ।

अर्को तर्फ माउन्टेन लिडरको पारिश्रमिक पनि न्यून रहेको छ । युरोपमा एक दिनको २५० युरो तिर्नु परिरहेको पनि छ । भर्खर सुरु भएको क्षेत्रमा कम्तीमा १०० युरो लिने गरेको छ । त्यस्तै ट्रेकिङमा लाग्ने शुल्क मंहगो भएको खण्डमा नेपाल आउने पर्यटकहरु अन्तै जाने खतरा पनि रहन्छ । यसमा हामीले एउटा न्यूनतम रकम तोक्ने योजना बनाइरहेका छौँ । जसले सबै तिर एकरुपता कायम गर्नमा सहयोग गर्छ ।
नेपालमा काम गर्दा ट्रेकिङको रुपमा नै काम गर्नेहरु छन् । ट्याग लिडरको भए पनि का मभने त्यो भन्दा तल्लो तहको नै गरिरहेको अवस्था पनि छ । नेपालमा दैनिक रुपमा १ हजार २०० रुपैयाँ देखि माथि काम गर्ने गरिएको देखिन्छ । यो निकै राम्रो हो तर उसले काम गर्ने भनेको ६ महिना मात्रै भएकाले यसमा आफूलाइ सस्टेन्ट गर्नका लागि केही समस्या हुने गरेको छ । अर्को तर्फ क्षमता अनुसार काम गर्नेहरुले बढी लिएको अवस्था समेत रहेको छ ।

हाम्रो लागि पर्यटन क्षेत्रको सरोकारवालाहरुले मापदण्ड तयार गरिदिनु आवश्यकता देखिन्छ । नेपाल सरकारले सञ्चालन गरेको तालिम पाउने ट्रेकिङ गाइडको संख्या अहिले नेपालमा २२ हजार भन्दा बढी छ । मजदुर युनिय र टानहरु मिलेर एउटा रकम निर्धाण गरिएको थियो । जसमा खुम्बु जाँदा ३ हजार १०० रुपैयाँ तोकिदिएको पनि छ । तर त्यसलाई सबै एजेन्सीहरुले कार्यान्वयन गरेको अवस्था भने छैन । तोकिदिएर मात्रै भन्दा पनि त्यसको कार्यान्वयनमा पनि ध्यान दिन सकेको खण्डमा यो क्षेत्रमा लाग्नेहरुलाई थप सहयोग पुग्ने थियो ।

अन्तराष्ट्रिय रुपमा लिडरको ट्याग लागेकाहरुलाई त्यो भन्दा बढी दिनु पर्ने पनि हुन्छ होला । त्यस तर्फ पनि ध्यान दिनु पर्ने खाँचो देखिन्छ । तर त्यसमा सरोकारवालाले भने काम गर्न सकेको देखिदैन । प्रतिस्पर्धात्मक व्यवसायका नजरबाट हेर्दा यसमा मापदण्ड बनाउनु पर्ने हुन्छ । जसले सबैमा एकरुपता ल्याउनमा सहयोग गर्छ ।

कुनै पनि क्षेत्रमा लागेकाहरुलाई त्यहि क्षेत्रमा टिकाइ राख्नका लागि त्यो क्षेत्रमा न्युनतम पारिश्रमिक तोक्नु पर्ने हुन्छ । यदि न्युनतम पारिश्रमिक तोक्न सकिएन भने कुनै पनि क्षेत्रबाट मानिस पलायन हुन सक्छ । यो क्षेत्रका लागि पनि न्यूनितम पारिश्रमिक तोक्न सकिएन भने यो क्षेत्रमा लागेकाहरु पनि पलायन हुने अवस्था सिर्जना हुने खतारा देखिन्छ । पर्यटन विभाग र नेपाल सरकारले पनि यस विषयमा सोचने बेला भएको छ । अहिले नेपालमा २० औँ पटक सगरमाथा चडेका देखि बिना अक्सीजन १४ वटा हिमाल चड्ने तथा छिटो चड्ने सबै व्यक्तिहरु समेत अहिले पलायन हुने अवस्था आइसकेको छ । विदेश जानु नेपालीको बाध्यता हो । कोही पनि रहरले जाँदैन् । उसले पाएको उपलब्धी अनुसार आफ्नो स्तरलाई कायम गर्न सकिएन भने पलायन हुनुको विकल्प छैन ।

देशलाई चिनाउने व्यक्तिहरुका लागि पारिश्रमिक लगायतका विषयमा काम गर्नु पर्ने आवश्यकता देखिन्छ । हिमालका शेर्पाहरु काम गर्छ रे नि त भनेका भरमा यो क्षेत्र चल्न सक्दैन । पहिला हिमालका काम गर्ने शेर्पाहरु पनि अहिले अवसर खोज्दै सहरमा आएर बसेका छन् । विस्तारै यो क्षेत्रमा लाग्नेहरु कम हुँदै गइरहेका छन् । सहरमा बस्नेहरु शेर्पा नै भए पनि उनीहरु हिमालमा अभ्यस्त नभएका कारणले गर्दा काम गर्न सक्दैन । शेर्पा भएर काम गर्न सक्ने भन्दा पनि हिमालको हावापानीमा अभ्यस्त भएका व्यक्तिहरुले काम गर्न सक्ने हुन्छ ।

नेपाल घुम्न आउनेमध्ये धेरै व्यक्तिहरु व्यक्तिगत रुपमा आइरहेको अवस्था छ । केही व्यक्तिहरु संस्थागत रुपमा आउँछन् र उनीहरुले ट्रेकिङ गाइड छ कि छैन भनेर पहिले नै एकिन गर्ने गरेका छन् । कुनै काम गर्दा त्यसको प्रचार छिटो हुन्छ तर त्यस अनुसार दक्षता भएका व्यक्तिहरु हामीसँग छैनन् । संस्थागत रुपमा आउनेहरुले दक्ष जनशक्ति वा भनौ माउन्टेन लिडरहरु छ कि छैन भनेर सोध्ने गरेका हुन्छ । संस्थागत रुपमा नेपाल आउनेहरुले उत्तैबाट सबै कुराको जानकारी लिएर आउँछन् । उताको संस्थाले नै आफ्नो कम्पनीबाट घुम्न जानेहरुको सुरक्षाका लागि धेरै ध्यान दिने गरेका हुन्छन् । ‘तक्मा लगाउँदा भिडियो हाल्नका लागि हतार गरिन्छ । तर, क्षतामा ध्यान दिने गरिएको छैन ।’ यसमा पनि ध्यान दिन जरुरी देखिन्छ । कुनै पनि कम्पनीले आफ्नोबाट जाने व्यक्तिहरुको सुरक्षामा निकै ध्यान दिइरहेका हुन्छन् । त्यसै अनुसारको हामीले जनशक्ति निर्माण गर्न सकेको खण्डमा यो क्षेत्रमा धेरै सम्भावना रहेको छ ।

अर्को तर्फ हाम्रो नेपालमा ट्रेकिङको कस्ट भन्दा जहाजको भाडा महंगो छ । जहाँजको मंहगो भाडाले गर्दा हाम्रो गन्तव्य महंगो बनिरहेको छ । अहिले व्यक्तिगत रुपमा नेपाल आउनेहरुले पनि भाडा महंगो भएको कुरा गर्ने गर्छन । यसमा पनि सरोकारवाला निकायले ध्यान दिन सकेको खण्डमा अझ धेरै पर्यटक भित्र्याउन सकिने थियो ।

अहिले हामीहरुले एसोसिएसनको तर्फबाट विभिन्न कामहरु गरिरहेका छौँ । हाम्रो लक्ष्य भनेको सबैसँग मिलेर काम गर्ने हो । सबै मिलेर यो क्षेत्रमा काम गर्न सकियो भने यो सम्भावना भएको क्षेत्र हो ।

 

फेसबुक प्रतिक्रिया

ट्रेन्डिङ खबर

ताजा अपडेट

सम्बन्धित समाचार