दावा याङ्ग्जुम बनिन् १४ वटै हिमाल चढ्ने पहिलो नेपाली महिला

काठमाडौं । पर्वतारोही दावा याङ्जुम शेर्पाले विश्वका ८ हजार मिटरभन्दा अग्ला १४ हिमालको सफल आराेहण गर्ने पहिलो नेपाली महिला बनेकी छिन् ।

दावाले बुधबार बिहान बिहान ५ बजे तिब्बतस्थित ८ हजार २७ मिटर अग्लो शिशपाङ्मा हिमालको सफल आरोहण गरेर यो कीर्तिमान नेपाली पहिलो महिलाको कीर्तिमान राख्न सफल भएकी हुन।

यसअघि उनले  विश्वका आठ हजार मिटर अग्ला १३ वटा हिमालको आरोहण गरिसकेकी थिइन् ।

२२ वर्षको उमेरमा पहिलो पटक सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरेकि दावा अन्तर्राष्ट्रिय माउन्टेन गाइडको लाइसेन्स प्राप्त गर्ने एशियाकै पहिलो महिला समेत हुन र थुप्रै अन्तर्राष्ट्रिय चर्चित ब्राण्ड्का  एम्बेसडर समेत हुन।

फेसबुक प्रतिक्रिया

ट्रेन्डिङ खबर

ताजा अपडेट

सम्बन्धित समाचार