खाद्यले सहुलियतमा बेच्ने खसी–बोका काठमाडौं ल्याइयो

काठमाडौं । खाद्य व्यवस्था तथा व्यापार कम्पनीले दसैंका लागि खसीबोका ल्याएको छ । शनिबार थापाथलीस्थित कम्पनीको कार्यालय परिसरमा खसीबोका झारिएको हो। खाद्यले विभिन्न जिल्लाका किसानहरूसँग खसीबोका किनेर काठमाडौंमा बजारमूल्य भन्दा केही सहुलियत गरेर उपभोक्ताहरूलाई बिक्री वितरण गर्छ ।

उपभोक्ताले खसीबोका प्रतिकिलो ६८० र च्यांग्रा १२ सय ६० रुपैयाँ प्रतिकिलोमा पाउनेछन् । कम्पनीले दसैं तिहार लक्षित खसीबोका खरिदका लागि ४ करोड रूपैयाँ बजेट छुट्याएको थियो ।

फेसबुक प्रतिक्रिया

ट्रेन्डिङ खबर

ताजा अपडेट

सम्बन्धित समाचार