पाल्मरको चार गोलमा चेल्सीको सहज जित

काठमाडौं । कोल पाल्मर एक्लैले चार गोल गरेपछि चेल्सीले इङ्लिस प्रिमियर लिगमा डिफेन्डिङ च्याम्पियनसँगको अंक दूरी एकमा छोट्टाएको छ । स्ट्यामफोर्ड ब्रिजमा शनिबार भएको खेलमा चेल्सीले ब्राइटनलाई ४–२ ले हराएको हो ।

जितसँगै ६ खेलबाट चेल्सीले १३ अंक पुर्‍याएको छ । जुन शीर्ष स्थानमा रहेको लिभरपुल भन्दा २ अंक कम हो । समान खेलबाट ९ अंक जोडेको ब्राइटन भने आठौं स्थानमा छ । जर्जिनियो रुटरको गोलमार्फत ब्राइटनले सातौं मिनेटमै सुरुआती अग्रता लिएको थियो । तर, पाल्मर चम्किएपछि चेल्सी त्यसको १४औं मिनेटमा पुनरागमन गर्न सफल भयो ।

पाल्मरले २१, २८ र ३१ औं मिनेटमा गोल गर्दै ह्याट्रिक पूरा गरे । ३४औं मिनेटमा कार्लोस बालेबाले गोल गर्दै ब्राइटनलाई ३–२ को स्थितिमा ल्याएका थिए । तर, ४१औं मिनेटमा पाल्मरले अर्को गोल थप्दै चेल्सीलाई ४–२ को सहज जित दिलाए ।

 

फेसबुक प्रतिक्रिया

ट्रेन्डिङ खबर

ताजा अपडेट

सम्बन्धित समाचार