लेवान्डोस्कीको निर्णायक गोलमा बार्सिलोनाको कठिन जित

काठमाडौं । रोबर्ट लेवान्डोस्कीको निर्णायक गोलसँगै बार्सिलोनाले स्पेनिस ला लिगामा आफ्नो जितको यात्रकालाई कायम राखेको छ । यो अपराजित यात्रा लम्ब्याउन बार्सिलोनाले गेटाफेलाई १–० ले पाखा लगाएको हो ।

शीर्ष स्थानमा रहेको बार्सिलोनाले ७ खेलबाट २१ अंक पु¥याएको छ । जुन, दोस्रो स्थानमा रहेको रियल मड्रिडभन्दा चार अंक बढी हो । पराजित गेटाफे समान खेलबाट चार अंकसहित १९औं स्थानमा छ ।

लेवान्डोस्कीले १९औं मिनेटमै बार्सिलोनालाई सुरुआती अग्रता दिलाएका थिए। त्यसपछि दुवै टोलीले केही अवसर सिर्जना गरेपनि गोल गर्न भने सकेनन् ।

फेसबुक प्रतिक्रिया

ट्रेन्डिङ खबर

ताजा अपडेट

सम्बन्धित समाचार