शेर्पा संघ अमेरिकाले विश्व शेर्पा दिवसको अवसरमा डिजे पार्टी आयोजना गर्ने

आमेरिका। शेर्पा संघ अमेरिकाले विश्व शेर्पा दिवस अर्थात ग्लोबल शेर्पा डेमा डिजे डान्स पार्टी आयोजना गर्ने भएको छ । अक्टोबर ८ गते मनाईने दिवसमा शेर्पा संघ अमेरिकाले यस वर्ष डिजे डान्स पार्टी आयोजना गर्ने भएको हो । आईतबार शेर्पा संघ अमेरिकाले पत्रकार सम्मेलन गरी दिवसको बारे जानकारी गराएको छ ।

डिजे डान्स पार्टी कार्यक्रम वार्षिक रुपमा आयोजना हुने र सोही
कार्यक्रमको उद्घाटन समारोह बिश्व शेर्पा संघका संस्थापक अध्यक्ष आङ दोर्जी शेर्पा एडीको प्रमुख आतिथ्यता हुने भएको छ । डिजे पार्टी युथहरुलाई एक रुपता ल्याउनका लागि महत्त्वपूर्ण भएको सल्लाहकार आङ दावा शेर्पाले उल्लेख  गरे भने अर्का सल्लाहकार आङ फुरी शेर्पाले युथहरुलाई यस्ता कार्यक्रमसङ्गै राजनीतिक क्षेत्रमा पनि संगठित गर्नुपर्ने सुझाव  दिए।

बिश्व शेर्पा संघका बरिस्ठ उपाध्यक्ष ङिमा शेर्पाले आयोजना गर्न लागेको डिजे पार्टी कार्यक्रमको प्रशंसा गरे। विश्व शेर्पा संघको सेप्टेम्बर ७ तारिखका दिन सम्पन्न बैठकले विश्व शेर्पा संघको पहिलो सम्मेलन भएको दिन अक्टोबर ८ लाई “विश्व शेर्पा दिवस” को रुपमा मनाउदै आएको र सबै देशको शेर्पा संघ तथा किदुगहरुलाई विश्व शेर्पा दिवस मनाउनु हुन अनुरोध गर्दै विश्व शेर्पा दिवस विश्व भर मनाउने निर्णय गरेको महासचिव आङ जङबु शेर्पाले जानकारी दिए ।

शेर्पाहरुको युवा पिडीलाई डिजेसँग कार्यक्रमसँग जोड्दै शेर्पा संस्कृतिकलाई दोस्रो जेनेरेसनलाई नयाँ पिडिलाई हस्तान्तरण गर्न शेर्पा संघ अमेरिकाले डिजे सहित शेर्पा कल्चर देखाउने शेर्पा समन्धित नादिङ गीतहरू र बिचमा शेर्पालाई अवश्यक उपयोगी प्रबचन तथा धार्मिक कुराहरु अङ्रेजी भाषामा दिएर विसुद्ध रुपमा शेर्पा युवा हरुलाई लक्षित गरेर यो कार्यक्रम गर्न लागेको र यो कार्यक्रम अत्यन्तै सरहणीय भएको पनि महासचिव आङ जाङबु शेर्पाले बताए ।

शेर्पा दिवसको रुपमा मनाउन न्युयोर्क सिटिको राज्य स्तरमा पनि अक्टोबर ८ कायम गर्न लाई पहल भईरहेको शेर्पा संघ अमेरिका अध्यक्ष पासङ दोर्जी शेर्पा एपी लामाले जानकारी दिए । साथै ख्यातिप्राप्त नेपालका प्रथम डीजे गायक तेन्जिङ शेर्पाले विश्वको सर्वोच्च शिखर सगरमाथामा सफलता पूर्वक आरोहण सन् २०२४ मे २१ तारिख मंगलबारका दिन,बिहान ४ः४७ बजे आरोहण गर्नु भई शेर्पा संघ अमेरिकाको लोगोअंकित झण्डा फहराउन सफल भएको छ ।

कीर्तिमानीको लागि प्रथम डीजे तेन्जिङ शेर्पालाई शेर्पा संघ अमेरिकाको लोगोअंकित झण्डा सगरमाथामा चुचरोमा फरफारउनु भएकोमा हर्दिक बधाई सहित खादा मालाले सम्मान गर्दै शेर्पा संघ अमेरिकाका अध्यक्ष पासाङ दोर्जी शेर्पा (एपी लामाले पत्रकार सम्मेलन मार्फत धन्यवाद व्यक्त गरेका छन् । यस डिजे कार्यक्रममा ख्याति प्राप्त नेपालका प्रथम डीजे तेन्जिङ शेर्पा संगै न्यु योर्कको चिरपरिचित डिजे यल एस जङबु शेर्पाले साथ दिने बताएका छन् । कार्यक्रम फेम्ली बदभरनमा हुने भएकोले यस कार्यक्रममा सबै ईस्ट्टेबाट जस्तै बोस्टन न्यु हेम्सर कनेटकिटेट न्यु जर्सी टेक्सास नर्थकेर्लीन केलिफोरनिय सेटाल कोलाराडो वसिङटन डिसी बाट सहभागी भएर सबै अविभावक हरुले आफ्नो बाल बच्चा हरुलाई सहभागी गराएर सहयोग गर्न शेर्पा संघ अमेरिकाले अनुरोध गरेको छ ।

फेसबुक प्रतिक्रिया

ट्रेन्डिङ खबर

ताजा अपडेट

सम्बन्धित समाचार