नेपालको पहिलो प्रतिस्पर्धी क्यानडा

काठमाडौं। नेपालले घरेलु टोली क्यानडासँग खेल्दै आइसिसी विश्वकप लिग २ को दोस्रो सिरिज सुरुआत गर्ने भएको छ। पहिलो सिरिज कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आयोजना भएको थियो।

पाहुना टोली नामिबियाविरुद्धको दुवै खेलमा हार बेहोरेको नेपाल नेदरल्यान्ड्ससँग भने दुई अंक खोस्न सफल भयो। नेपाल क्रिकेट संघ (क्यान)ले सोमबार सार्वजनिक गरेको खेल तालिकाअनुसार क्यानडामा सेप्टेम्बर १६ देखि हुने दोस्रो सिरिजमा घरेलु टोली र नेपालबाहेक ओमानले सहभागिता जनाउने छ।

नेपालले दोस्रो खेल ओमानसँग खेल्नेछ। तीन दिनको रेस्ट लिएर नेपाल पुन: घरेलु टोलीसँग खेल्न उत्रिनेछ। त्यसको दुई दिनपछि नेपालले ओमानसँग खेल्दै यो सिरिज अन्त्य गर्नेछ।

फेसबुक प्रतिक्रिया

ट्रेन्डिङ खबर

ताजा अपडेट

सम्बन्धित समाचार