नेपाल र श्रीलंका डेभ्लपमेन्ट भिड्दै

काठमाडौं । श्रीलंका भ्रमणमा रहेको नेपाली राष्ट्रिय क्रिकेट टोलीले मंगलबार श्रीलंका डेभ्लपमेन्टसँग अभ्यास खेल खेल्दै छ । नेपाली टोली आइसिसी विश्वकप लिग–२ को तयारी गर्न श्रीलंका पुगेको हो ।

त्यही तयारीस्वरुप नेपालले स्थानीय टोलीसँग ५० ओभरको अभ्यास खेल खेल्न लागेको हो । खेल १०ः१५ बजेबाट सुरु हुनेछ । नेपालले रोहितकुमार पौडेलको कप्तानीमा १९ सदस्य टोली घोषणा गरिसकेको छ । उक्त टोलीबाट नेपालले क्यानडा जाने अन्तिम टोली पनि घोषणा गर्नेछ ।

नेपालको टोली : रोहित पौडेल (कप्तान), आसिफ शेख, अनिल शाह, देव खनाल, भीम सार्की, आरिफ शेख, कुशल मल्ल, सोमपाल कामी, करण केसी, गुलशन झा, रिजन ढकाल, ललित राजवंशी, आकाश चन्द, सागर ढकाल, सन्दीप जोरा, कुशल भुर्तेल, अर्जुन साउद, दीपेन्द्रसिंह ऐरी र सन्दीप लामिछाने

फेसबुक प्रतिक्रिया

ट्रेन्डिङ खबर

ताजा अपडेट

सम्बन्धित समाचार