पर्यटन क्षेत्रको बजेट निकै कम छ : सांसद राजेन्द्र बजगाई

काठमाडौं । प्रतिनिधसभाका सदस्य राजेन्द्र बजगाईले पर्यटन क्षेत्रमा निकै कम बजेट विनियोजना गरिएको बताएका छन्। आज ट्रेकिङ एजेन्सी एसोसिएसन अफ नेपाल (टान) को ४६ औँ वार्षिक साधारणसभामा बोल्दै बजगार्इले यस्तो बताएका हुन् ।

‘सकारले लामो समयदेखि तीन वटा क्षेत्रलाई प्राथमिकता दिने गरेको भए पनि बजेट भने निकै कम हुने गरेको उनको भनाइ छ । सरकारले पहिलेदेखि नै कृषि पर्यटन र जलविद्युतलाई प्राथमिकता दिने गरेको छ । तर बजेट निकै कम छ,’ उनले भने । चालु आर्थिक वर्षको बजेट पनि पर्यटन क्षेत्रमा निकै कम हरेको उनले बताए । जम्मा बजेटको ०।१७ प्रतिशत मात्रै बजेट पर्यटन क्षेत्रमा छुट्याइएको उनले बताए । चालु आर्थिक वर्षको बजेटमा १ अर्ब ६७ करोड मात्रै बजेट राखिएको उनको भनाइ छ ।

टिकट पनि निकै महँगो बनाएका कारण पनि पर्यटक आउनका लागि समस्या भएको बजगाईको भनाइ छ । टानको पूर्वमहासचिव समेत रहेका बजगाईले हवाइ टिकटमा भ्याट लगाएकाले टिकट महँगो भएको बताए ।

सरकारी स्वामित्वको नेपाल एरयरलाइन्स पनि ग्राउन्डेट भएको अवस्थालाई पनि सरकारले सहज बनाउनु पर्ने उनको भनाइ थियो । हप्ताकै २८ वटा उडान कतार गर्न सकेको खण्डमा पनि धेरै सहज हुने अवस्था भए पनि अहिले एउटा विमानले मात्रै उडान गर्नु निकै दुःखत भएको उनले बताए ।मलेसियाले पर्यटन क्षेत्रलाई प्राथमिकतामा राखेर ६० प्रतिशत बजेट छुट्याएको भन्दै नेपाल सरकारले पनि त्यस विषयमा सोच्नुपर्ने उनको भनाइ छ ।

फेसबुक प्रतिक्रिया

ट्रेन्डिङ खबर

ताजा अपडेट

सम्बन्धित समाचार